क्‍वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट, एक पक्राउ

क्‍वारेन्टाइनमा  खटिएका स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट, एक पक्राउ

धनगढी : बैतडीको पुरचौंडी नगरपालिका ५ को क्वारेन्टाइनमा स्थानीयले आक्रमण गरेका छन् । नगरपालिकाले बनाएको क्वारेन्टाइनमा भारतबाट फर्केका ७ जनालाई राखिएको थियो । भारतबाट फर्केका सुनील जागरीका बुवा नरेन्द्र जागरीसहितका व्यक्तिले क्वारेन्टाइनमा आक्रमण गरेका हुन्। उनले स्वास्थ्यकर्मी करनसिंह धामीलाई चिरपटले हानेका छन् भने उनको औंला दाँतले चपाई दिएका छन् । 

बुधबार भारतको बैंगलोरबाट फर्केका सुनील जागरीसहितका ७ जनालाई पुरचौंडी नगरपालिकाले वडा नम्बर ५ कुवाकोटको भुमीराज मावि काटैमा क्वारेन्टाइनमा राखेको थियो । भारतबाट आएका छोरालाई किन राखेको भन्दै  एक सहकारीका प्रबन्धक समेत रहेका स्थानीय नरेन्द्रले क्वारेन्टाइनमै पसेर कुटपिट गरी औंला चपाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुवरले बताए ।

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले क्वारेन्टाइनमा बसालेपछि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि निर्धात कुटिपिट गरिएको पुरचौडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विनोद कुँवरले बताए। 

कुटपिटबाट घाइते भएका स्वास्थ्यकर्मीलाई उद्धार गरेर उपचारका लागि स्वास्थ्यचौकीमा पुर्‍याइएको छ । ज्यानको बाजी लगाएर कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन चौबीसै घण्टा काममा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको नगरपालिकाले निन्दा गरेको छ ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाले आफ्नो ज्यानको बाजी लगाएर उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने र औंला समेत चपाएर घाइते बनाउनेलाई कारबाहीको माग गरेको छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पृथ्बीराज अवस्थी र स्वास्थ्य महाशाखाका प्रमुख विनोद कुवरले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा कोरोना भाइरसको संक्रमणका खतरा बढी रहेका बेला, स्वास्थ्यकर्मीको मनोबल घटने गरी गरिएको घटना निन्दनीय भएको बताएका छन् । 

'स्वास्थ्यर्कीको मनोवल गिराउने नियमतले सबै कानुनको उलंधन गरी कोही कसैबाट यस्ता खाले हर्कत हुनु कुनै हालतमा क्षम्य हुदैन, ज्यानको बाँजी लगाएर अहोरात्र ड्युटीमा खटिएको एक निर्दोष स्वास्थ्यकर्मी माथि आक्रमण् भई ज्यान सम्म लिने हर्कत भएकाले हदैसम्मको कारबाहीका लागि माग गर्दछौं । साथै सरकारले गरेको लकडाउनविरुद्धको सजाय र सार्वजनिक अपराध ऐन २०२८ अन्तर्गत हदैसम्मको कारवाहीका लागि माग गर्दछौं,' नगरपालिकाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

कोरोना भाइसर भित्रिन नदिन स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा सेवाका तत्पर रहन निर्देशन दिइरहेकै बेला स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमै आक्रमण हुनु दुःखद् घट्ना भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

स्वास्थ्यकर्मीमाथि कुटपिट भएको जानकारी आएपछि घटनास्थलमा प्रहरी पठाइएको र प्रहरीले कुटपिटमा संलग्न नरेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । 

वडा नम्बर ५ का अध्यक्ष नागीसिह खडायतले पनि क्वारेन्टाईनमा रहेका व्यक्तिलाई छोडनका लागि दबाब दिइरहेको बुझिकएको छ । केही मानिस यसअघि घर पुगिसकेका र अन्तिम समयमा आएर मात्रै क्वारेन्टाइनमा राख्न थालिएपछि गाउँमा केहीलाई घर जान दिएको र केही लाई मात्रै क्वारेन्टाइनमा राखिएको भन्दै विरोध आएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.