कोरोना संक्रमणबाट मृत्यु भएका लिम्बुको परिवारबिनै दाहसंस्कार

कोरोना संक्रमणबाट मृत्यु भएका लिम्बुको परिवारबिनै दाहसंस्कार

अमेरिका : अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यानगुमाएका गैरआवासीय नेपाली अनिल लिम्बुको शुक्रबार दाहसंस्कार गरिएको छ । कोरना संक्रमणपछि उपचाररत लिम्बुको मंगलबार बिहान मृत्यु भएको थियो। शुक्रबार सबै प्रकृया पूरागरी अस्पतालको संयोजनमा निजी कम्पनी मार्फत दाहसंस्कार गरिएको हो। 

परिवारका अन्य सदस्य समेत भाइरसका कारण बिरामी परेको र समुदायका व्यक्तिहरु समेत सहभागी हुन कठिनाई  भएका कारण लिम्बुको दाहसंस्कारको जिम्मा,न्यूयोर्कको बु्रक्लिनमा रहेको ग्रिनउड सिमेट्री नामक नजी कम्पनीलाई दिइएको थियो । उक्त कम्पनीले करिब १२ सय अमेरिकी डलर लिएर लिम्बुको शुक्रबार दिउसो २ः३० बजे दाहसंस्कार गरेको हो। 

न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइट क्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीय  लिम्बुलाई स्थानिय कोरोना संक्रमणपछि एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । नेपालमा पाँचथर रानीगाउँ घर भएका लिम्बु करिब दुई दशकदेखि अमेरिकामा थिए । लिम्बुका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । 

लिम्बुले मधुमेह र उच्च रक्तचापको औषधी प्रयोग गर्दै आएको पारिकवारकि स्रोतले जनाइएको छ । उनका जेठा छोरालाई पनि कोरोना संक्रमण देखिएको थियो तर केहीदिनको उपचारपछि उनी निको भएका छन्। 

जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले भने, ‘हाम्रो समुदायमा निकै दुखद घटना भयो, यस्तो परिस्थिति कसैले सामना गर्नु नपरोस।’ नेम्वाङले अमेरिकामा रहेका नेपाली समुदायलाई नआतिन र घरभित्रै बसेर यस रोगबाट जोगिन आग्रह गरेका छन् । मृतक लिम्बुको परिवारलाई सहयोग पुगोस भनेर अहिले गो फण्ड मार्फत रकम जुटाइएको छ । हाल गो फण्डमा १७ हजार अमेरिकी डलर भन्दा बढी रकम जम्मा भइसकेको छ ।

हाल सम्म अमेरिकामा लिम्बुका जेठा छोराबाहेक अन्य केही गैरआवासीय नेपालीलाई समेत संक्रमण पुष्टि भएको छ । हाल न्यूयोर्कको एल्मष्ट अस्पतालमा ४७ र ६० बर्षका दुई जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

यस्तै न्यूयोर्कको ज्याक्सन हाइट क्षेत्रमा व्यवसाय गर्दै आएका भिडियो ग्राफर शम्भु मोक्क्तान र अर्को व्यवसायी जीवन बमलाई संक्रमण पुष्टि भएको छ । दुवैजनाको अहिले स्थानिय अस्पतालमा उपचार भरहेको छ । 

यस्तै संक्रमण पुष्टि भएकी भर्जिनिया राज्यको फेरफाक्समा बसोसबास गर्दै आएकी ३८ वर्षीय महिला पनि घरमै सेल्फक्वारेन्टाइनमा बसिरहेकी छन् । एकपछि अर्को गरी नेपालीलाई समेत भाइरस पुष्टि हुन थालेपछि अमेरिकास्थित नेपाली समुदायकाअगुवाले सहयोग कार्यक्रम चलाइरहेका छन् ।  घरमै सेल्फक्वारेन्टाइनमा बसिरहेकाहरु, अशक्क्त तथा बृद्धबृद्धालाई औषधीलगायतका सामग्री घरघरमा पुर्‍याउने काम भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.