क्‍वारेन्टाइनमा बसेकाको आग्रह - 'कि व्यवस्थापन गर, हैन भने घर जान देउ'

क्‍वारेन्टाइनमा बसेकाको आग्रह -  'कि व्यवस्थापन गर, हैन भने घर जान देउ'

डोल्पा : डोल्पामा एकै दिनमा ८६ जना क्वारेन्टाइनमा राखिएको छ । नेपालगञ्जबाट उद्धार गरेर डोल्पा ल्याएका ८६ जनालाई जिल्लाको विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएको हो । 

विभिन्न स्थानमा स्वास्थ्य परीक्षण गरेर डोल्पा सदरमुकाम पुगेका डोल्पाका नागरिकलाई डोल्पामा पनि स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेव शर्माले जानकारी दिइन् । 

शर्माका अनुसार कुनैपनि नागरिकमा लक्षण देखिएको छैन ।हालसम्म सामान्य छन्। तरपनि क्वारेन्टाइनमा बस्नैपर्छ ।  कुल ५८ जना पुरुष २८ महिला गरी ८६ जना क्वारेन्टाइनमा बसेका छन्। जिल्लाको जुफालमा १३,डाँगिवाडामा १०,माझफालमा १६,दुनैमा ३३,डोल्पोबुद्धमा १३ र त्रिपूरा सुन्दरीमा २ जना घरमा क्वारेन्टाइनमा बसेका जिल्ला प्रशान कार्यालय डोल्पाले जानकारी दिएको छ ।

एकै साथ क्वारेन्टाइनमा राखिएका नागरिकले भने खान,बस्न,सुत्न व्यवस्थापन राम्रो नभएको गुनासो गरेका छन् । एकै बेडमा तीनजनासम्म सुत्नुपरेको र चिसोले रातभर सुत्न नसकेको उनीहरु बताउँछन्।  'समयमा खान पाइदैन। खाना मिठो छैन। पानीको समस्या पनि छ। चिसोले रातभर सुत्न नसकिएको एक युवतीले दुखेसो पोखिन्।उनले भनिन्,' स्थानीय सरकार र प्रशासनले हामीलाई अपहेलना गर्यो। कि व्यवस्थापन गर हैन भने घर जानदेउ।'

उनीहरुले पानी र शौचालयको व्यवस्था नहुँदा छिट्नै त्यसको व्यवस्था गरिदिन आग्रह गरेका छन् । तर यता स्थानीय सरकरले भने हामी व्यवस्थापनमा लागिरहेका छौं। सकेजति गर्ने जनाएको छ। तर, काईके गाउँपालिकाले भने आफ्ना ७ जना नागरिकलाई सबै व्यवस्थाप गरेको प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले दाबी गरिन् । 

चिकित्सक प्रहरी र जनप्रतिनिधिसहित क्वारेन्टाइनमा बसेका छन् । गाउँपालिकाको औषधि खरिदमा गर्न गएका शे फोक्सुण्डो गाउँपालिकाका स्वास्थ्य ईन्चार्ज रणबहादुर बुढा ठुलीभेरी नगरपालिका ५ का वडा अध्यक्ष र अन्य जनप्रतिनिधि प्रहरी समेत क्वारेन्टाइनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.