अमेरिकामा कोरोना संक्रमति नेपालीको संख्या बढ्दै

अमेरिकामा कोरोना संक्रमति नेपालीको संख्या बढ्दै

अमेरिका : पछिल्ला दिनमा विश्वकै कोरोना संक्रमणको इपी सेन्टर बनेको अमेरिकामा संक्रमित नेपालीको संख्या बढिरहेको छ।  हालसम्म कोभिड–१९ का कारण एक जना गैरआवासीय नेपालीले ज्यान गुमाएका छन्। विभिन्न माध्यमबाट आएका जानकारीअनुसार करिब आधा दर्जन संक्रमित नेपाली अस्पतालमा छन्। 

नेपालीहरुले संक्रमण भएपनि सूचना गोप्य राख्ने गरेका कारण यकीन तथ्याङ्क नआएको बताइन्छ। जनसम्पर्क समितिका पूर्व संयोजक बिष्णु सुवेदीले अन्नपूर्णसंग भने,–‘न्यूयोर्क राज्यमा अधिकाशं नेपालीहरु अपार्टमेन्टमा मिलेर बस्छन्, यसका कारण पनि यहाँ संक्रमितको संख्या बढ्दै गएको हुन सक्छ।’ कुइन्सस्थित तीन अस्पतालमा करिब ५० जना नेपालीहरु संक्रमणका कारण उपचार गराइरहेको जानकारी आफूले पाएको बताए।

यसरी संक्रमितको संख्या दिनहुँ बढ्दै जाँदा समेत यहाँ रहेको नेपाली दूतावसले सहयोगका लािग खासै पहल गरेको देखिन्न्। यहाँ रहेका नेपालीले आफूहरुले सिटामोल र थर्मोमिटर नपाएको भनेर सामाजिक सञ्जाल फेसबुकमा लेखिरहेका छन्। यता बिरामी र अशक्क्तलाई सहयोग गर्नका लागि एनआएनए अमेरिका न्यूयोर्क च्याप्टरले केही सहयोग गरिरहेको छ। 

अध्यक्ष रामहरी अधिकारीले असक्क्त तथा बिरामीहरुका लागि घरघरमा औषधी लगायतका अत्यावश्यक सामाग्री पुराउनका लागि मिलेर काम गरिरहेको जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.