सहयोग बाँड्दै सामुदायिक वन

सहयोग बाँड्दै सामुदायिक वन

गुलरिय : कोरोना भाईरस (कोभिड-१९) को संक्रमणले समाज थलिएका बेला बर्दियाका सामुदायिक वन उपभोक्तालाई सहयोगसँगै रोगबाट बच्ने स्वास्थ्य सामग्री वितरणमा जुटेका छन् । उपभोक्ता समितिको विनियम अन्र्तगत गरीब, विपन्न कोषमार्फत उपभोक्ताका जीवन रक्षाका निम्ति राहत तथा सहयोगमा उत्रिएका हुन्।

बर्दियाको मधुवन नगरपालिका वार्ड नम्बर ५ मा अवस्थित कालिका सामुदायिक वन उपभोक्ता समितिले उपभोक्तालाई कोरोना महामारीबाट राहत दिलाउन ५ लाख रुपैयाँ घोषणा गरेको छ ।

आफ्ना उपभोक्तालाई विषम परिस्थितिका बेला सहयोग पुर्याउन समितिले रकम विनियोजन गरेको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य मोहम्मद कर खाँले बताए । विनियोजित बजेट मार्फत खाद्यान्न, मास्क, सेनिटाइजरलगायतका सुरक्षित मेडिकल सामग्री उपलब्ध गराउने समितिको योजना छ ।

ठाकुरबाबामा अवस्थित खोदाउ सामुदायिक वनले समितिअन्र्तगतका उपभोक्तालाई साबुन, मास्क, पानीलगायतका अत्यावश्यक सामग्री वितरण गरेको छ । उनले भने सामुदायिक वनको गरीब, विपन्न उपभोक्तालाई ३५ प्रतिशत रकम अनिवार्य बाँड्नु पर्ने हुन्छ । सोही अन्र्तगत उपभोक्ता समितिले सहयोग गरेका हुन् । बाँसगढी नगरपालिकामा रहेको बनस्पती देवी सामुदायिक वन उपभोक्ता समितिले पनि उपभोक्तालाई कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न स्वास्थ्य सामग्री बाँडेको छ ।
बर्दियामा ३ सय वटा सामुदायिक वन उपभोक्ता समिति छन् । खाँले थपे बर्दियाका ६५ हजार घरधुरीका ३ लाख उपभोक्ता सामुदायिक वनमा सदस्य छन् । सबै सामुदायिक वनले विपन्न कोषको रकम राहत कार्यमा खर्च गर्न हामीले सर्कुलर गरीसकेका छौं ।

देशैभर महामारीको त्रासका रुपमा रहेको कोरोना लकडाउनका कारण विपन्न उपभोक्ताहरु कामकाज गर्न नपाउँदा भोकभोकै बस्नुपर्ने अवस्था छ । बर्दिया जिल्ला भरीका सामुदायिक वनमा ६५ वटा सामुदायिक भवनहरु रहेकाले सरकारलाई आवश्यक परे क्वारेन्टाइन स्थल निर्माणका लागि दिइने उनले बताए । वनक्षेत्रमा रहेका हाम्रा सामुदायिक भवनहरु सुरक्षित र वातानुकुलित छन् । आवश्यकता अनुसार क्वारेन्टाइन निर्माण गर्न पनि सकिन्छ । जुनसुकै बेला पनि हामीले भवन उपलब्ध गराउन सक्छौं । लकडाउनका बेला अत्यावश्यक काम बाहेक कोही पनि उपभोक्ता घर बाहिर ननिस्कन उनले आग्रह गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.