सिंगापुरको होटलमा भारतीय नागरिक ‘कोरोना’ भन्दै चिच्याएपछि...

सिंगापुरको होटलमा भारतीय नागरिक ‘कोरोना’ भन्दै चिच्याएपछि...

सिंगापुर : सिंगापुरको एक होटलमा ‘कोरोना, कोरोना’ भनेर चिच्याउँदै भुइँमा थुक्ने भारतीय मूलका एकजना पक्राउ परेका छन् ।

उनलाई दुई महिनाको लागि जेल सजाय दिइएको छ । यही बिहीबार अचानक जसविन्दर सिंह मेहर सिंह नामका ती मानिस होटल चांगाइ एयरपोर्टको भुइँमा थुक्दै अचानक ‘कोरोना कोरोना’ भन्दै चिच्याए ।

मिडियाका अनुसार ५२ वर्षीय ती व्यक्तिलाई सार्वजनिक रुपमा होहल्ला गर्ने र गलत हल्ला फैलाएको आरोप लगाइएको छ । उनले वेटरको आग्रह समेत अस्वीकार गर्दै चिच्याउँदै भुइँमा थुकेको बताइएको छ । उनले अब कम्तिमा ५५ दिनको जेल सजाय भोग्नुपर्नेछ ।

उनलाई उत्पीडन जन्य आपराधिक कार्य गरेको भन्दै जनवरीमा पनि ६ महिना ५ हप्ताको जेल सजाय सुनाइएको थियो । यस पटक होटलका वेटरले रेस्टुरेण्ट बन्द भइसकेको जानकारी दिइसकेपछि यस्तो हर्कत गर्न थालेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.