कोरोना आतंकको सेरोफेरोमा !

कोरोना आतंकको सेरोफेरोमा !

केही महिनायता कोरोना भाइरससँग विश्व त्रस्त छ। विश्वका मै हुँ भन्ने राष्ट्रहरूका साथै राजनीतिक रूपले, धनसम्पत्तिाले, व्यापार र व्यवसायले, बुद्घि र ज्ञानविज्ञानले अति शत्तिाmशाली छु, सम्पन्न छु मलाई कसले भेट्ने÷छुने भन्नेहरू पनि अहिले डर र त्रासको कारण घरको चार पर्खालमा सीमित बन्न बाध्य छन्। सेवाकार्यमा जुटेका सरकारसम्बद्ध केही प्रशासक, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षा निकायसम्बद्ध व्यत्तिाmविशेष, स्वयंसेवीबाहेक अहिले विश्वको आधाभन्दा बढी मुलुक ‘लकडाउन’ को बाध्यतामा जेलिएको छ। सबैको उद्देश्य अहिले कोरोना भाइरसबाट कसरी बँच्ने÷बचाउने, फैलिन नदिने र कोरोनालाई कसरी निष्प्रभावी बनाउने दिशामा दिलोज्यानले लागेका छन्। यस्तो भयावह र जटिल परिस्थितिमा पनि आफ्नो जीउज्यानको पर्वाह नगरी रातोदिन सेवामा समर्पित त्यस्ता पुण्यात्माहरूप्रति कृतज्ञता व्यक्त गर्न कुनै कञ्जुस्याइँ गर्नु हुँदैन। ती सबैलाई हृदयदेखि नै कोटीकोटी नमन छ।

कोरोना भाइरसको प्रकृति, गति, स्वरूप र त्यसको आयु कति हो ?  के हो ? भन्नेबारेमै मतैक्य छैन। विश्वका धुरन्धर वैज्ञानिक त्यसको छेउटुप्पा केही पत्ताा लगाउन सकिन्छ कि भनी बल्ल घोत्लिन थालेका समाचारले विश्वको ध्यान आकृष्ट गरेको छ।

विश्वमा आएको अहिलेको विपत्तिा डरलाग्दो छ। यद्यपि इतिहासमा यस्ता अनेकौं विपत्ति नआएका होइनन्। इतिहास बिर्सिंदै जाने मानिसको प्रवृत्तिा हुनाले कैयन् कुराहरू कसैको स्मृति पटलमा रहे÷अडेका भए केही अनुभव र अनुमान बाँकी होला। नभए कहीँ कतै त्यस्ता कुरा अभिलेखमा सीमित छन्।

विगतमा पनि ठूल्ठूला महामारीले कयौंको परिवारलाई सखाप पार्‍यो, कैयौंको वंशै विनाश गरेको छ, गाउँका गाउँ, बजार र सहरलाई निमिट्यान्न पारेको छ। महामारीको कहर नै यही हो। उसले आँखा देख्दैन, कसैलाई मायाममता गर्दैन। उसले कसैलाई चिन्दैन, कसैलाई छोड्दैन, कुनै देशको सीमामा मात्र संकुचन भएर बस्दैन, समयमै निदानका सम्भव उपाय अपनाउन सकिएन भने।

चीनको वुहान सहरबाट सुरु भएको करिब चारै महिनामा कोरोना भाइरसले विश्वव्यापी संकट ल्याइदिएको छ। समयमै उनीहरूले त्यसलाई अन्यत्र फैलिन नदिन केही ढिलो गरेको भए पनि वुहान सहरलाई लकडाउन, क्वारेन्टाइन प्रक्रियालाई भरपर्दो बनाउनुका साथै प्रयोगशालामा गरिने परीक्षणलाई शंकास्पद व्यक्तिमा मात्रै होइन लकडाउनमा रहेकाहरूमध्ये पनि उमेरको हिसाबले, अन्य रोगका कारणले प्रतिरोधात्मक शत्तिाm कम भएकाहरूमा पनि कोही संक्रमित छन् कि भनी व्यापक खोजी गरी संक्रमितलाई अलगअलग अस्पतालमा स्तरीय सुविधासम्पन्न सेवाको माध्यमबाट उपचार गरे। त्यही कारण वुहानबाहेक अन्यत्र फैलिन नपाएकाले थोरै समयमा नै त्यसलाई नियन्त्रणमा लिन सफल भएको समाचारले विश्वका अरू देशहरूलाई चीनको सफलताबाट सिक्ने अवसर प्रदान गरेको छ।

चीनले समयमै रोगको भयावह स्वरूपप्रति रक्षात्मक उपायहरूको अवलम्बन नगरेको भए सायद विश्वले अरू खतरनाक स्थितिको सामना गर्नुपथ्र्यो। भनिन्छ, चीनले समयमै बुद्घि पुर्‍याएका कारण अरू भयावह हुनुबाट आफू बच्यो र विश्वलाई बचाउन मद्दत गर्‍यो। केही हेलचेक्र्याइँले अहिले विश्वको महाशत्तिाm राष्ट्र मानिने अमेरिका, इटाली, स्पेन आदि देश कोरोना भाइरसको कहरमा आतंकित भएर हाहाकारको स्थितिमा पुगेको अवस्थालाई नजरअन्दाज गर्नु हुँदैन।

अफ्रिका महादेश र दक्षिण एसियामा यसको असर जुन किसिमले सोचेको हो, त्यो किसिमले विस्तार भएको नदेखिनुको खास कारण अहिले नै भन्न नसकिएला तर सतर्क र चनाखोको साथसाथै ढुक्क भएर बस्न हुने समय चाहिँ नभएकोतर्फ विज्ञहरू सचेत गर्छन्। कतै संक्रमित भए÷नभएको परीक्षण सुविधा नभएर या नसकेर त त्यसो भएको होइन ?   यसलाई नकार्न मिल्दैन।

रोजगारी पाउने आश÷भरोसमा बिदेसिएका ठूलो संख्याका नेपाली नागरिक संक्रमित मुलुकहरूबाट सडक र हवाईमार्ग हुँदै स्वदेश फर्किएको अवस्थामा जुन किसिमबाट उनीहरूको भरपर्दो स्वास्थ्य परीक्षण हुनुपथ्र्यो त्यो नभएको स्थितिमा विकल्प के हुन सक्छ ?   त्यतातिर गम्भीर हुनु जरुरी छ। यस्तै अवस्थामा काम लाग्ने हो स्थानीय, प्रदेश र संघीय सरकारको। आफू अघि सर्नुपर्ने विषयमा पनि केन्द्रकै मुख ताकेर बस्ने हो भने संघीयताको खास कुनै अर्थ रहँदैन।

रोग पत्ताा लगाउनु आफ्नो ठाउँमा महत्तवपूर्ण छ भने रोग लागिसकेकाको लागि उपचार गर्ने अस्पताल र स्वास्थ्य केन्द्रहरू, त्यसको स्तरीय व्यवस्थापनका लागि पनि देशैभरि समुचित व्यवस्था मिलाउनु अपरिहार्य छ। अहिले त ज्वरो आउनासाथ कोरोना लागेको सम्झेर आइसोलेसनमा राखिदिने, चिकित्सक, स्वास्थ्यकर्मी जान डराउने, आफ्ना नाता–कुटुम्बले भेट्नै नहुने, अस्पतालले भर्ना गर्न पनि नमान्ने अवस्थाले केही नेपालीको असमयमै ज्यान गएको समाचार सुन्नुपर्दा दुःख लाग्छ। अहिले पाँचजनामा संक्रमण देखिँदा त यस्तो कोलाहल र भयावह अवस्था छ। त्यो संख्यामा बढोत्तारी नहोस् तर महामारीको रूप लियो भने हामी कहाँ हुन्छौं ?   यसलाई ध्यानमा राखी चाँडोभन्दा चाँडो रणनीति बनाउन सरकार चुक्नु हुने बेला छैन।

बन्दाबन्दीको अवस्थामा घरभित्रै बस्नुपर्ने मानिसलाई घरभित्रै बस्न प्रोत्साहित गर्ने तथा व्यवस्थापन र सेवा कार्यमा जुट्न पर्नेलाई आवश्यक दूरी कायम राखी न्यूनतम सुरक्षा कवच साथ काममा बाधा नहुने अवस्थाको सिर्जना हुनु पनि त्यत्तिाकै आवश्यक छ। लकडाउन यस्तो नहोस् जसले समाजमा अव्यवस्था सिर्जना गरोस्। आवश्यक खाद्यान्नलगायत रसदपानी, औषधिहरूको बिना रोकटोकको प्रवाहलाई कसरी निरन्तरता दिने त्यसको पनि उपयुत्ताm व्यवस्था आवश्यक छ। आज कमाएर बिहान बेलुकाको भोक शान्त पार्नु पर्नेहरूदेखि लिएर मानवसेवा आ श्रम, वृद्घा श्रम, बालबालिका   श्रमहरूको दैनिक सेवाको लागि सरकारले ढिलो नगरी प्याकेज कार्यक्रम ल्याउनु पनि त्यत्तिाकै आवश्यक छ। त्यस्तै सुरक्षा निकायको ब्यारेक र उनीहरूको दैनिक जीविकाको लागि पनि ध्यान दिनु आवश्यक छ।

हाम्रो स्वास्थ्यसेवाको अवस्था कस्तो छ ? धमाधम उजागर हुँदैछन्। आपत्कालीन अवस्थाका लागि चाहिने न्यूनतम सामग्रीबिनै ठूल्ठूला अस्पताल सञ्चालन हुनु र सामान्य पीपीई, मास्क र पञ्जासमेत नभएर सेवाग्राहीले चिकित्सकीय सेवा नपाउनु कहाँसम्मको लापरबाही हो ?   आगामी दिनको लागि अब पाठ सिक्नुपर्छ कि ! सेवा होइन व्यापार निजी अस्पतालको मूल उद्देश्य हुने हो भने भोलिका दिन त्यस्ता अस्पतालप्रति नागरिकले नकारात्मक धारणा राखिदिए भने कसरी चल्छ ?   यो संगीन अवस्था सेवा दिनेहरूले सेवाग्राहीबाट विश्वास आर्जन गर्ने सुनौलो अवसर पनि हो।

जनस्वास्थ्यसँग सरोकार राख्ने आपत्कालीन विषयलाई लिएर कसैले पनि राजनीतीकरण गर्नु हुँदैन। तर नागरिकले अमानवीय दुःखकष्ट झेल्नुपर्दा चुप लागेर बस्नु पनि हुँदैन। यसको समाधानका लागि सबैको एक मत, एक स्वर हुनु जरुरी छ।

देशमा अहिले बन्दाबन्दी छ। ढिलो भयो कि ठीक समयमा लकडाउन गरियो त्यसबारे बहस गर्ने समय अहिले होइन। चीनको वुहान लकडाउन गरेर महामारीको चपेटामा परिसक्दा नेपाल कोरोना नभएको ‘ग्रिन सिग्नल’ भएको देशको रूपमा प्रस्तुत हुन खोज्यौं। अस्ट्रेलियामा कोरोनाको कहरले ग्रस्त हुन लागेको बखत ‘भिजिट नेपाल— २०२०’ को प्रचार गर्न स्वयं सम्बन्धित मन्त्री पुग्दा नेपालले कोरोनालाई नबुझेको सन्देश विश्वमा परेकै हो।

बन्दाबन्दी समाधान होइन, बरु समाधानको उद्देश्यमा पुग्ने प्रक्रियामध्येको एउटा अंशमात्र हो। यसपश्चात् जनस्वास्थ्यसँग सम्बन्धित विषयका साथै सबै तहमा चिकित्सक, नर्स, प्रयोगशाला र स्वास्थ्यकर्मीलाई आवश्यक एवं सुरक्षित रक्षाकवच केके हुन् उपलब्ध गराउने, आइपरेको विपत्बारे सम्बद्घ सबैलाई जानकारी गराउँदै उनीहरूलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा डटेर लाग्न प्रोत्साहन दिनु पनि त्यत्तिाकै आवश्यक छ। उनीहरूले गरेका सकारात्मक कार्य एवं उल्लेख्य मानवीय कार्यहरूको जानकारी सर्वसामान्यलाई समेत हुने गरी समाचारको विषय बन्ने गरेमा अहिले कोरोना भाइरस भन्नासाथ रोगले भन्दा पनि नकारात्मक समाचारले नागरिकको गिर्दै गएको मनोबल, आत्तिाँदै गएको मानसिकतालाई उठाउन सहयोग पुग्ने थियो।

यस्तो आपत्को घडीमा अग्रपंत्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न सहयोगीलाई के कसो गर्दा मनोबल उच्च हुन्छ त्यसका लागि उपयुक्त किसिमले जीवन बिमा गरिदिनेदेखि लिएर बच्न र बचाउन समर्पित सुरक्षाकर्मी, राष्ट्रसेवक, स्वयंसेविका लागि पनि उत्साहबद्र्धक हुने गरी जीवन बिमाको व्यवस्था सरकारको तर्फबाट हुनु जरुरी छ।

अहिलेसम्मको तथ्यांक हेर्दा विश्वमा कोरोना भाइरसको मृत्युदरभन्दा चुरोटजस्ता धूमपानले लाखौं मानिस मरिरहेका छन ्। सन् २०१७ मा मात्रै ८० लाख मानिस धूमपानको कारण मृत्युवरण गर्न पुगे। रक्सीले मर्नेको आँकडा गएको वर्षमात्रै २८ लाखको छ। बीसौं शताब्दीमा १० करोडभन्दा बढी मानिस धूमपानकै कारण मरे भन्ने तथ्यांकले देखाउँछ। यी विषयमा संसारको कुनै पनि देशको सरकारले केही गरेको जस्तो गर्छ तर सारभूत रूपमा केही गरेको हुँदैन। यो विडम्बनाको विषय छ।

 यो पनि कम ठूलो महामारी होइन तर यसको नतिजा हेर्न लामो समय लाग्छ, जबकि कोरोना भाइरसजस्तो महामारीको परिणाम तत्काल हुन्छ। यसको संसर्गमा आउने जो कोहीलाई विनाश गर्ने, सिध्याउने हुनाले सतर्क रहेर यसलाई परास्त गर्नेतिर लाग्नु नै बुद्घिमानी हुन्छ। साथै मानिसलाई विनाश र मृत्युको कठघरामा पुर्‍याउने धूमपान, रक्सीजस्ता मन्द विषलाई पनि सदाको लागि समाप्त पार्नेतिर ध्यान दिने बेला आइसकेको तर्फ सबैको ध्यान आकृष्ट हुनु आवश्यक छ।

कोरोना भाइरसको त्रासदीलाई सम्भवतः मानिसले बिर्सेन भने उसले प्रकृतिमाथि गरेको अतिक्रमण, दोहन र शोषण, वन्यजन्तुहरूको अन्धाधुन्ध विनाश, बलजफ्ती हुर्काइएका पशुपंक्षीको मासुलाई खाद्यान्नको रूपमा ग्रहण तथा त्यस्ता वस्तुको प्रयोगमा प्रोत्साहनजस्ता कारण पनि संसारमा ठूल्ठूला महामारीको कारक तत्तव बन्न पुगेको इतिहास छ। म्याडकाउ डिजिज होस् कि स्वाइन फ्ल्यु, सार्स होस् कि एभियन इन्फ्लुएन्जा, बर्डस् फ्ल्यु होस् कि कोरोना भाइरस सबैको सुरुआत मासुजन्य खानाकै कारण भएकोलाई ढाकछोप गरेर बस्न हुने अवस्था नभएको तर्फ पनि ध्यान जानु जरुरी भइसकेको छ। स्वार्थले ग्रस्त अहिलेको वैश्विक युगमा उपभोत्ताmावादले सबैलाई अठ्याएको र लठ्याएको अवस्थामा यस विषयमा समयमै चनाखो हुन सकेनौं भने भविष्यमा मानिसको अगाडि के कस्ता त्रासदी आउने हुन् विगत र वर्तमानका डरलाग्दा महामारीले संकेत गरिरहैकै छन्।

अहिलेको बन्दाबन्दी केही दिनपछि खुल्छ। कोरोना भाइरसले आतंक नमच्याएर सामान्य रूपमै बन्दाबन्दी सकियो भने पनि विश्वका कैयन् मुलुकले आफ्नै ढिपीका कारण लकडाउनको तहमा नपुगी पर्खौं र हेरौंको नीति लिएको अवस्थाले भविष्यमा पुनः यो भाइरसले नसताउँला भन्ने छैन। यसैले बन्दाबन्दी खुलिसकेपछि पनि कमसे कम एक वर्षका लागि के कस्तो किसिमको रणनीति अपनाउने हो त्यसमा सरकारले अहिलेदेखि नै चिन्तन गर्नु अपरिहार्य महसुस हुन्छ। स्वास्थ्य क्षेत्रमा सुधार र प्रवद्र्घन तथा आपत्कालीन अवस्थाका लागि उपयुत्ताm किसिमको सरसामग्रीको जोहो र व्यवस्थापन पनि नखट्किने गरी मिलाउनुलाई चुनौती सम्झनु हुँदैन।

हाइलाइट

कोरोना भाइरसले आतंक नमच्याएर सामान्य रूपमै बन्दाबन्दी सकियो भने पनि विश्वका कैयन् मुलुकले आफ्नै ढिपीका कारण लकडाउनको तहमा नपुगी पर्खौं र हेरौंको नीति लिएको अवस्थाले भविष्यमा पुनः यो भाइरसले नसताउला भन्ने छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.