अमेरिकामा संक्रमितको संख्या ३ लाख नाघ्यो
अमेरिका : अमेरिकामा नोबेल कोरोना भाइरस कोभिड–१९ बाट संक्रमितको संख्या ३ लाख नाधेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, अमेरिकामा हालसम्म संक्रमितको संख्या ३ लाख ७ हजार नाँधेको छ । यस्तै अमेरिकामा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय १५ पुगेको छ । शनिबार मात्रै यहाा करिब ३० हजार संक्रमित थपिएका छन्।
अमेरिकाको न्यूयोर्कमा मात्रै १ लाख १३ हजार संक्रमित पुगेका छन्, भने मृतकको संख्या ३ हजार ५ सय कटेको छ । यस्तै न्यूयोर्कपछि न्यूजर्सी राज्यमा संक्रमितको संख्या ३४ हजार बढी छ भने ८ सय बढीको मृत्यु भएको छ।
अमेरिकामा संक्रमितको संख्या, भाइरस शुरु भएको देश चीनभन्दा करिब चार गुणा बढी हो ।अमेरिकामा संक्रमित गैरआवासीय नेपालीहरुको संख्यापनि बढ्दै गएको यहाँ संक्रिय समाजसेवीहरु बताउँछन्।
एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले नेपालीहरुले सूचना गोप्य राख्ने गरेका कारण हालसम्म करिब १५० प्रभावित परिवारलाई घरघरमा औषधी लगायतका अत्यावश्यक सामाग्री पुर्याइएको जानकारी दिए । यर भाइरसबाट यहाँ हालसम्म एक जना नेपालीको मृत्यु भइसकेको छ।