कोरोनासँग लड्न सबै एकजुट

कोरोनासँग लड्न सबै एकजुट

डोल्पा : डोल्पामा कोरोना भाइरससँग लड्न पूर्वतयारीमा सबै एकजुट भएको प्रमुख जिल्ला अधिकारी सुरेसु सुनारले जानकारी दिएका छन्। जनशत्ति व्यवस्थापन, सुरक्षा व्यवस्थापनलगायत अन्य सबै किसिमका व्यवस्थापनका लागि जिल्लाका स्वास्थ्यकर्मीसँग प्रशासन, प्रहरी सेना र जनप्रतिनिधि एकै साथ रहेको भन्दै स्वास्थ्यकर्मीलाइ निर्धक्क भएर काममा लाग्न प्रजिअले अनुरोध गरेका छन्।

यतिबेला ठूलो युद्ध लड्नु भएको छ हामी पछिपछि छौं। चिकित्सक अग्रस्थानमा भाइरससँग लडिरहेका छन् हामी हातमा हात थमाउँदैछौं चिकित्सक पहिलो योद्धा हुन् र हामी सुरक्षा दिँदैछौं ढुक्क हुनुस, कोरोना हार्नेछ चिकित्सकले लडाइँ जित्नेछन् र हामी जित्नेछौं, प्रजिअ सुनारले चिकित्सकलाइ प्रोत्साहन दिँदै भने। जिल्लाको स्वास्थ्य प्रभाबकारी बनाउन कसले के गर्ने भन्ने विषयमा छलफल भएको हो। त्यो जरुरी छ सकारात्मक योजना आउँछ हामीलाई सबैको सहयोग छ डोल्पा भाइरससँग लड्न सक्छ, जिल्ला स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले भने।

अब तत्काल विशेष व्यवस्था सहितको कम्तिमा पनि ३० शैय्याका आईसोलेसन निर्माण गरिने प्रजिअ सुनारले जानकारी दिए। उनले भने, हामीलाई सबैकुरा थाहा हुँदैन प्राविधिक कुरा डाक्टरले दिनुहुनेछ। हामी सबैले व्यवस्थापनमा साथ दिनेछौं।

बन्दै गरेको कारागारको भवनमा हाललाई १० शैय्याको विशेष व्यवस्थापन सहितको आईसोलेसन कक्ष निर्माण गर्ने र त्योभन्दा बाँकी बिस्तार गरेर लैजानेले डाक्टर रावलले बताए।

उनले भने, हामी जिल्लामा भएको र सक्नेजतिको उपकरणबाट आईसोलेसनमा सेवा दिनेछौं। जिल्लामा कुनै त्यस्ता खतराका बिरामी नभए पनि पूर्वतयारीको लागि पूरै तयार रहेको सुनारले दाबी गरे, हामी सदैव चिकित्सकसँग समन्वय गरिरहेका छौं। औषधि र अन्य उपकरणका लागि सरकारसँग पहल भएको सुनारले बताए। आईसोलेसन कक्ष निर्माणकै विषयमा मंगलबार डाक्टर र प्रमुख जिल्ला अधिकारीबीच भनाभन भएको थियो भने आज एकैठाउँ बसेर जनताका लागि काम गर्ने प्रतिवद्धता जनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.