सुत्केरीको हेलिकोप्टरबाट उद्धार
डोल्पा : डोल्पाबाट एक सुत्केरीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी एक महिलाको पिसाब बन्द भएपछि हेलिकोप्टरबाट नेपालगञ्ज मेडिकल कलेजमा लगिएको हो ।
जिल्लाको ठुलीभेरी नगरपालिका ७ की २० वर्षीया शान्ती बुढाको पिसाब रोकिएपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट नेपाल मेडिकल कलेज लगिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
शुक्रबार शल्यक्रिया गरेकी बुढाको पिसाबमा शनिबार बिहान ११ बजेछि समस्या आएपछि नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए । महिला बालबालिका मान्त्रालयको राष्ट्रपति महिला उद्धारको कोषमार्फत जिल्ला अस्पतालमा २० वर्षीया शान्ती बुढाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
यस वर्ष मात्रै डोल्पाबाट सुत्केरी तथा गर्भवती महिलाको हेलिोकप्टरबाट १३ जनाको उद्धार भइसकेको छ ।