भारतसँग सीमा जोडिएका नाकामा सशस्त्र प्रहरी परिचालन

भारतसँग सीमा जोडिएका नाकामा सशस्त्र प्रहरी परिचालन

डडेल्धुरा : कोरोना संक्रमण रोक्न भारतसँग सीमा जोडिएका तीन नाकामा सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुदुरपश्चिम क्षेत्रमा उच्च सतकर्ता अपनाउन सिमा नाकामा जथाभावि प्रवेशमा मा रोक लगाउन प्रहरी परिचालन गरिएको हो ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका विभिन्न नाकाहरू थप सुरक्षाकर्मीहरू परिचालन गरिएको हो। कोरोना भाइरसका बिरामी बढेसँगै डडेल्धुराका सीमावर्ती क्षेत्रका थप ३ वटा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बल खटिएका छन् ।

परशुराम नगरपालिकाको तातापानी, शीर्ष र असुरानी क्षेत्रमा सशस्त्र प्रहरी बल खटिएको हो।सशस्त्र प्रहरी नायब निरीक्षक दलबहादुर कुँवरको नेतृत्वमा ३० जनाको टोली खटाइएको डडेल्धुराका सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनराज पन्तले जानकारी दिए।

ससाना नाका र चोरबाटोहुँदै भारतमा रहेका नेपाली नेपाल प्रवेश गर्न सक्ने भन्दै तीनवटै साना नाकामा सशस्त्र प्रहरी बल खटाइएको प्रहरी नायव उपरीक्षक पन्तले वताए । विश्वमा फैलिएको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै परशुराम नगरपालिका ५ को बाङघाट र परशुराम नगरपालिका ६ को सिसमजालाघाट गत चैत ४ गतेदेखि पूर्णरूपमा बन्द गरिएको थियो।

तर, पनि महाकाली नदीमा पौडी खेलेर दिनहुँ नेपाली नेपाल प्रवेश गरिरहेका बेला उनीहरूलाई जोखिम मोलेर प्रवेश गर्न नदिन ससाना नाकाहरूमा थप सुरक्षाकर्मीहरू परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनायो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.