क्‍वारेन्टाइनमा बसेकाहरुको अनुरोध : भेडा-बाख्राजस्तै राखिएको छ, छिटो स्वाब परीक्षण गरिदिनुपर्‍यो

क्‍वारेन्टाइनमा बसेकाहरुको अनुरोध : भेडा-बाख्राजस्तै राखिएको छ, छिटो स्वाब परीक्षण गरिदिनुपर्‍यो

डोटी : विश्‍व अहिले कोरोना भाइरसले आक्रान्त भइरहेका बेला नेपाल पनि अछुतो रहेको छैन । नेपालमा समेत कोरोना भाइरस संक्रमण दोस्रो चरणमा फैलन सुरु भएको छ । कोरोना भाइरस फैलन नदिन विशेषगरी छिमेकी मुलुक भारतबाट घर फर्केका मानिसलाई कम्तीमा दुई हप्ताका लागि क्वारेन्टाइनमै राख्ने बताइएको भएपनि सो समयलाई बढाएर २१ दिनसम्म बस्नुपर्ने भएको छ ।

आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशबासीका नाममा सम्बोधन गर्दै प्रदेश भित्रका जिल्लामा क्वारेन्टाइनमा बसेका सबैलाई २१ दिनसम्म बस्न आग्रह गरेका थिए । प्रदेश सरकारको उक्त निर्णयले आफूहरुलाई अन्याय भएको क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरुले बताएका छन् ।

'क्वारेन्टाइनको बसाइ साह्रै नै नराम्रो भएकाले जति सक्दो चाँडो घर पठाउन सरकारलाई आग्रह गर्दछु, 'आदर्श गाउँपालिका स्थित शारदा माविमा रहेको क्वारेन्टाइन बसेका ओम थापाले भने, 'बसाई पुरै अव्यवस्थित रहेको छ । खोरमा भेडा, बाख्रा राखेजस्तै राखिएको छ ।'

'समय बढाउने भन्दा पनि छिटो हाम्रो श्वाव परीक्षण गरिदिए ढुक्‍क भइन्थ्यो,' शिखर नगरपालिका, ४ स्थित पञ्चोदय आवि धुर्कोटमा रहेको क्वारेन्टाइनमा बसेका नारायण महराले भने, 'बिनाकारण सजाय भोगेजस्तो भइरहेको छ,' राम्रो व्यवस्था छैन, गोठमा गोरु थुनेको जस्तो गरिराछन्, 'समय बिताउनै समस्या भयो।'

'हामी त भोलि (मंगलबार) घर जान्छौं भनेर खुसी भएका थियौं,' सिद्धेश्वर माविमा रहेको क्वारेन्टाइनमा बसेका दिपक बलायरले भने, 'त्यसैमा एक हप्ताको समय बढाउँदा समस्या आएको छ, उता गहुँ खेती भित्र्याउने बेलामा यसरी बिना काम बस्नु परिरहेको छ ।'

समुदायबाट अलग्गै स्थानमा क्वारेन्टाइनको व्यवस्था गरिनुपर्ने र कोठाहरुमा कम्तीमा साढे तीन फिटको दूरीमा खाटहरुको व्यवस्था हुनुपर्ने भएपनि डोटीका सबै जसो क्वारेन्टाइन बिनामापदण्डका रहेका छन् । नाम मात्र क्वारेन्टाइन राखिएपनि अधिकांश क्वारेन्टाइनमा सँगै टाँसिएर सुतिरहेका हुन्छन् ।

जिल्लाका अधिकांश क्वारेन्टाइनमा व्यवस्थापकीय कमजोरीका कारण विभिन्न किसिमका समस्या देखिएका छन् । कुनैमा पर्याप्त कपडा नभएर चिसोको समस्या छ भने कुनैमा साबुन, पानी, दाउरा लगायतको समस्या देखिएको छ । क्वारेन्टाइनमा बस्ने व्यक्तिहरु समेत संगै (टाँसिएरै) बस्ने संगै खाने तथा संगै बसेर समय बिताउने कार्यहरु गरिरहेको पाइएको छ ।

मंगलबारबाट स्वाब संकलन गरिने

डोटीका स्थानीय तहमा रहेका क्वारेन्टाइनका व्यक्तिको स्वाब परीक्षणको हुने भएको छ । मंगबारबाट नेपाली सेना, सशस्त्र प्रहरी तथा स्वास्थ्य मन्त्रालयको विशेषज्ञको टिमले जिल्लाका विभिन्न पाँच स्थानमा स्वाबको नमूना लिने काम हुने प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिए । डोटीका सबै स्थानीय तहका क्वारेन्टाइनमा चार सय २८ रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.