लकडाउनमा मेला, ४ हजारको भीड

लकडाउनमा मेला, ४ हजारको भीड

बझाङ : कोरोना भाइरसका कारण देश लकडाउनमा रहेका बेला बझाङ जिल्लामा भने विसरती मेलाका लागि हजारौं मानिस जम्मा भएका छन् । सरकारले सोमबार वैशाख ३ गतेसम्मका लागि थप लकडाउन घोषणा गरेको छ । तर, बझाङमा भने त्यसको कुनै असर परेको छैन ।

बझाङको छविस पाथिभेरा गाउँपालिका–३ मा मनाइने बान्नीकी चैतलीमा सोमबार हजारौं मानिसको भीड जम्मा भएको छ । कोरोना भाइरसको संक्रमणले सुदूरपश्चिम सबै प्रदेशभन्दा जोखिममा छ ।

सुदूरपश्चिमका ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतबाट स्वदेश फर्किएका दुई र दुबईबाट आएका एक जनाबाट आफ्नै परिवारका एक जनालाई संक्रमण सरेपछि सुदूरपश्चिमा कोरोनाका संक्रमित ४ जना फेला परेका हुन् ।

तर, बझाङको छबिसपाथिभेरा गाउँपालिकाका स्थानीयले भने लकडाउन उल्लंघन गर्दै हजारौंको भीड जम्मा गरी सोमबार बान्नीकी चैतली मेला मनाएका छन् ।

गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले चैतली मेला मनाउन रोक लगाए पनि स्थानीयले अटेरी गरेको बताइन् । ‘गाउँपालिकाका विभिन्न नाकामा प्रहरी परिचालन गरिएको छ, तैपनि स्थानीयले चोरबाटो प्रयोग गरी मेला भरेका छन्, जुन दुःखद कुरा हो’, उपाध्यक्ष जोशीले भनिन् ।

झडप हुँदा १२ जना घाइते 

चैतली मेलामा तल्लो छबिस र मल्लो छबिसबीच विवाद भएपछि १२ जना घाइते भएका छन् । सोमबार साँझ ६ बजेतिर झडप भएको हो । जात्रामा भकुण्डो हान्ने बेला झडप भएको थियो । झडपमा ढुंगा हानाहान हुँदा दुवै पक्षका १२ जना घाइते भएको छविस पाथिभरा गाउँपालिकाका इन्जिनियर उत्तम सिंहले बताए ।

गाउँपालिकाका इन्जिनियर सिंहले भकुण्डो खेल्ने बेला झडप भएको बताएका छन् । गाउँपालिकाले मेला स्थगन गरिएको बताए पनि त्यहाँ ४ हजारभन्दा बढीको सहभागिता रहेको इन्जिनियर सिंहले जानकारी दिए ।

बान्नीकी चैतलीमा स्थानीबीच भकुण्डो खेल्ने र मस्टा देवताका लागि काकर चढाउने प्रचलन छ । तर, स्थानीयले भने स्थानीय सरकारले पूर्ण रूपमा मेला नलगाउन निर्देशन नदिएको बताएका छन् । ‘स्थानीय तहले घरबाट एक जना मात्रै आउन भने पनि मानिसहरू बढी आएकाले झडप भएको हो,’ एक स्थानीयले भने ।

देशमा लकडाउन भएका बेला जिल्ला सदरमुकामबाहेक गाउँमा मन्दिरमा नवरात्रिका बेला पनि ठूलो भीडभाड भएको थियो । कोरोना भाइरसको संक्रमणले सुदूरपश्चिम सबै प्रदेशभन्दा जोखिममा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.