भोकै रहेका भारतीयले पाए राहत (भिडियो)
बर्दिबास : भोकले महोत्तरीको बर्दिबास १ मा रोइरहेका २६ जना भारतीय नागरिकको भोको पेटमा अन्नपानी परेको छ । नारायणघाटबाट कुखुराको चल्ला ल्याएर बिक्री गरी व्यापार गर्दै आएका उनीहरु लकडाउनले भोकभोकै परेको भिडियो सहितको समाचार अन्नपूर्ण अनलाइनमा प्रकाशित भएको थियो।
रौतहटस्थित चन्द्रनिगाहपुर ४ का स्वेल खान, समिर खान, सुभाष राउतसहित तीन युवाले उनीहरुका लागि ६ बोरा चमल, क्वीन्टल चमल, १० केजी दाल, एक बोरा आलु, १० किलो प्याज, मसौरा,मसला, साबुन माक्स, सेनिटाइजर र केही आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
नेपालमा अकडाउनमा परेर भोकै रहेका भरतीय रोएको देख्दा मनमा सहयोग गर्ने भाव आएको स्वेलले बताए । 'सहयोगले नेपाल र भारत बीचको रोटीबेटीको सम्बन्ध कायम राख्ने हाम्रो विश्वास छ । मैले दुई छाक खाइरहँदा कोही एक छाक खान नपाएर भोकै नहोस्,' उनले भने ।बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणी पोखरेलको उपस्थितमा ती युवाले राहत बाँडेका थिए ।
कोरोना भाइरस फैलिन सक्ने र दाना नपाएर उनीहरुले ८ हजार चल्ला खाल्टो खनेर गाडेका थिए । त्यसबाट भारतीय नागरिकलाई साँढे तीन लाखको आर्थिक क्षति हुँदा खानाखाने अवस्था पनि थिएन ।
साढे चार हजार परिवारलाई राहत
स्थानीय सरकारले लकडाउनबाट भोकभोकै रहेका महोत्तरीको बर्दिबासका गरिवलाई राहत वितरण गरेको छ। सरकार, सहयोगि व्यक्ति र संघसंस्थाले गरिबलाई राहत र अस्पतालमा पीपीई उपलब्ध गराएका हुन्
जनकपुर अटोमोबाइलले स्वास्थ्यकर्मीलाई पीपीई वितरण गरेको छ । बर्दिबास सरकारी अस्प्ताललाई तीन र स्वास्थ्य चौकी औरहीलाई दुई गरी पाँच थान पीपीई वितरण गरिएको जनकपुर अटोमोबाइलका अध्यक्ष प्रमोद साहले बताए । उनका अनुसार, लकडाउनबाट भोकै भएका गरिबहरुलाई राहत पनि वितरण गरिएको छ ।
लकडाउने हात मुखजोड समस्या भएका बर्दिबास नगरपालिकाका साँढे चार हजार गरिबलाई राहत वितरण गरिएको छ । बर्दिबास नगरपालिकाले दश दिनसम्म पुग्ने चामल, दाल, नुन, खानेते, हात धुन साबुन वितरण गरिएको मेयर विदुर कुमार कार्कीले जनाए ।
'वडा अध्यक्षहरुको संयोजनमा तीन दिन लगाएर उनीहरुको घरमै खाद्यान्न पुर्याएका छौं, 'मेयर कार्कीले भने, 'बाहिरी मुलुकबाट घर आउनेमाथि विशेष निगरानी बढाइएको छ ।'
स्वास्थ्य समस्या देखिएकालाई घरघरमै स्वास्थ्य टोली लिएर पुग्ने गरिएको उनले बताए ।कोरोना भाइरसलाई जित्नका लागि बन्दाबन्दी(लकडाउन) बाहेकको कुनै विकल्प नरेको मेयर कार्की बताउँछन् ।
चेलीले बाँडिन् ५३ मुसहरलाई खाद्यान्न
बर्दिबास नगरपालिका-१४ स्थित एकिकृत नमूना मुसहर बस्तीका ५३ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । दैनिक ज्यालादारी गरेर खाने उनीहरुलाई लकडाउनले भोकभोकै थिए ।
बर्दिबास घर भई जपानमा रहेकी एक चेली सहयोगमा खाद्यान्न वितरुण गरिएको वडा अध्यक्ष भरत बहादुर हमालले बताए । जपानको सहयोगले मात्रै नपुगेपछि वडा अध्यक्षले पनि व्यक्तिगत तर्फबाट आर्थिक सहयोग जुटाए प्रति परिवार ३० किलो चामल, पौने २ किलो दाल, १ किलो नुन, साबुनलगायतका समाग्री वितरण गरिएको हो ।
राजकुमारले बाले निभिएको चुलो
समाजिक अभियन्ता राजकुमार महतोले महोत्तरीको किसाननगरका १५ गरिब परिवारलाई राहत प्रदान गरेका छन् । परोपकारी संस्था, भोरका अध्यक्ष रहेको महतोले बर्दिबास नगरपालिका ७ का वडा अध्यक्ष फाल्गुण सुसलिङ्ग मगरको संयोजनमा राहत वितरण रहेका हुन् ।
लकडाउनले गरिब ज्याला मजदुरी गर्न घर बाहिर जान नसकेपछिे भोकभोकै रहेका दलित बस्तीका स्थानीयलाई राहत बाँडेका छन् । राहतमा चामल, दाल, खानेतेल, हातधुन साबुन लगायतका समाग्री वडा अध्यक्ष फाल्गुण सुसलिङ्ग मार्फत उनले बाँडेका थिए ।
प्रतिक्रिया दिनुहोस !