कीट नहुँदा कोरोना परीक्षण प्रभावित

कीट नहुँदा कोरोना परीक्षण प्रभावित

गुलरिया : सरकारले कोरोना प्रभावित मुलुकबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका तथा शंकास्पद व्यक्तिको कोरोना भाइरस अनिवार्य परीक्षण गर्ने बताए पनि जिल्लामा परीक्षणलगायत नमूना संकलन गर्ने कीट अभाव हुँदा परीक्षण प्रभावित भएको छ । बर्दियामा कोरोना भाइरस परीक्षण गर्नुपर्ने व्यक्तिको संख्या सयौं पुगिसक्दा पनि र्यापिड डाइग्नोसिस टेस्ट (आरडीटी) तथा भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) कीट उपलब्ध नहुँदा कोरोना परीक्षण प्रभावित बनेको हो ।

बर्दियाका ८ वटै स्थानीय तहका क्वारेन्टीनमा आश्रय लिइरहेका तथा चैत्र महिनामा प्रभावित मुलुकबाट जिल्ला भित्रिएका व्यक्तिको कोरोना भाइरस अनिवार्य परीक्षण गर्नुपर्ने भएपनि अस्पतालसँग प्रर्याप्त कीटउपलब्ध नहुँदा कोरोना परीक्षण कार्य प्रभावित भएको जिल्ला अस्पताल बर्दियाका प्रमुख डाक्टर शुभाष पाण्डेय बताउँछन् । 

हालसम्म अस्पतालको आइसोलेसन कक्षमा राखिएका ९ जनामध्ये संक्रमित युवतीसँगै जहाजमा आएका ३ जना र अन्य ३ गरी ६ जनाको भीटीएममार्फत स्वाब संकलन गरी काठमाडौंमा परीक्षण गरिएको थियो । जसमा सबैजनाको नतिजा नेगेटिभ आएको छ। 

बर्दियामा १ हजार जनाभन्दा बढीको नमूना परीक्षण गर्नुपर्ने आवश्यक छ । उनले भने,' शीघ्र नतिजा प्राप्त गर्नका लागि आरडी (र्यापीड) टेस्ट गर्ने सरकारको रणनीति छ । हामीसँग र्यापिड कीटनभएका कारण परीक्षण सुरु गर्न सकेका छैनौं।'

अस्पतालले प्राप्त गरेको ७ वटा भीटीएम कीट मध्ये हामीसँग एउटा मात्र कीट बँचेको छ । अस्पतालले निर्णय गरी ल्याव परिक्षणका थप सामग्री ५ नम्बर प्रदेश सरकारसँग माग गरेका छौं । उनले थपे,' चीनबाट सामग्री आएपछि १० वटा एप्रोन, मास्क ५ सय वटा, ग्लोब्स ५ सय वटा र एन ९५ मास्क ५ वटा पाएका छौं । अन्य अत्यवश्यक गुणस्तरीय पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई), थप एन-९५ मास्क अस्पतालको नीजि श्रोतबाट मगाएका छौं ।'

जिल्ला अस्पतालमै कोरोना परीक्षणलगायत बिरामीको नजिक पुग्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यक्तिगत  सुरक्षाका सामग्रीहरु अभाव भएपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको समितिको बैठकले निर्णय गरी गृह मन्त्रालय मार्फत नेपाल सरकार तथा ५ नम्बर प्रदेश सरकारसमक्ष आवश्यक सामग्री माग गरेको छ ।

जिल्लामा कोरोना परीक्षणका कीटहरु उपलब्ध नहुँदा समस्या परेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । शंकास्पद बिरामीको नमूना परीक्षणका लागि संकलन गर्न कम्तिमा १ सय थान भीटीएम कीट मागेका छौं । बर्दियामा सामुदायिक एकान्तवासमा रहेका ३८३ जना र होम क्वारेन्टीनमा रहेका ८६२ जना गरी १२४५ जनाको नमूना परीक्षण 
गर्न आवश्यक रहेको उनले प्रष्ट्याए ।

स्वाब संकलन, उपचारमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सुरक्षामा खटिने सुरक्षाकर्मीलाई लक्षित गरी ३ सय थान गुणस्तरीय पीपीई र आवश्यक परिमाणमा सेनीटाइजर, ग्लोब्स, मास्क माग गरिएको छ । उनले थपे,' कोरोना भाइरसको स्वा‍ब नेपालगञ्जमा परीक्षणको व्यवस्था नहुँदासम्म धनगढी, सुर्खेत परीक्षण केन्द्रमा परीक्षण गर्ने व्यवस्था सरकारले मिलाउनुपर्छ त्यसका लागि पनि हामीले गृह मन्त्रालयमार्फत जानकारी गराएका छौं ।'

कोरोना परीक्षणका लागि आवश्यक सामग्री माग भइसकेकाले समयमै आउनेमा आशावादी रहेको प्रजिअ लामिछानेले विश्वास दिलाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.