नेपाल भारत सिमानामा सशस्त्र प्रहरीको अस्थायी पोष्ट

नेपाल भारत सिमानामा सशस्त्र प्रहरीको अस्थायी पोष्ट

रौतहट  : विश्वभर माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण एवं रोकथामका लागि रौतहटको भारतसँग सीमा जोडिएका नाकामा सशस्त्र प्रहरीले अस्थायी पोष्ट स्थापना गरेको छ । ती पोष्टहरूमा खटिएका सुरक्षाकर्मीले सीमामा हुने गतिविधि तथा मानिसको आवतजावत नियन्त्रण गर्ने जनाइएको छ ।

रौतहट जिल्लाको भारतसँग जोडिएको ३२ किलोमिटर सीमाबाट हुने आवतजावतलाई पूर्ण रूपमा नियन्त्रण गर्ने उदेश्येले  सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटले विभिन्न नाकाहरूमा २४ घण्टा गस्ती सुरु गरेको छ ।

मंगलबारबाट रौतहटको बौधिमाई नगरपालिका ७ छोटी भन्सार कार्यालय, ईशनाथ नगरपालिका ४ स्थित मावि मठियाको भवन, राजदेवी नगरपालिका ९ सामुदायीक भवन, गौर नगरपालिका २ महादेवपट्टी र गौर नगरपालिका १ कानुपट्टी, ईशनाथ नगरपालिका ६ घिउरा क्रान्ती आधारभुत विद्यालयमा अस्थायी पोष्ट तयार गरिएको सशस्त्र प्रहरी ११ नम्बर गणका एसपी रविनराज कर्णजीतले जानकारी दिए।

भारतबाट नेपालतर्फ मानिस आउन सक्ने भएकाले नेपाल भारत सीमानामा सशस्त्र प्रहरी खटाइएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.