बंगलादेशमा अध्ययनरत विद्यार्थीले गरे उद्धारको अपिल

बंगलादेशमा अध्ययनरत विद्यार्थीले गरे उद्धारको अपिल

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)संक्रमणको जोखिम बढेको अवस्था भएपनि बंगलादेशमा अध्ययनरत चिकित्साका विद्यार्थी सेवामा खटिन तयार भएको उल्लेख गर्दै उद्धारको लागि अपिल गरेका छन्।

कोरोना भाइरसविरुद्धको लडाईंमा खटिन तयार भएपनि  सरकारले  अत्यावश्यक सेवाबाहेक आवतजावत बन्द गर्दै पुनः लक डाउन घोषणा गरेपछि स्वदेश फर्कने चाहना अवरुद्ध भएको बंगलादेशमा अध्ययनरत चिकित्साका विद्यार्थीहरुले गुनासो गरे।

नेप्लिज मेडिकल मेडिकल स्टुडेन्टस एसोसिएशन बंगादेशका अध्यक्ष नवीन यादवका अनुसार, दुई सातादेखि कलेजका होस्टलमै सेल्फ क्वारेन्टाइनमा बस्नु परिरहेको छ।उनले भने, ‘कोरोना भाइरसविरुद्धको यस लडार्ईंमा हामी पनि सहभागी हुन चाहन्छौं।आफूले सिकेको सीप र ज्ञानलाई नेपाली जनताको सेवामा प्रयोग गर्न चाहन्छौं।हामी अहोरात्र खटिन तयार छौं ।’

 सरकारले लक डाउनको घोषणा अवधि पुनःलम्ब्याएपछि चिन्ता बढेको उल्लेख गर्दै अध्यक्ष यादवले अन्य मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्काएकोमा नेपालले वेवास्ता गरेको बताए।

‘चिकित्सा शिक्षाको विद्यार्थी भएकोले कोरोना भाइरसको संक्रमण एवं रोकथामका बारेमा हामी सचेत छौं।हामी नेपालमा गएर समुदायमा योगदान दिन सक्छौं।उद्धारका लागि यथाशीघ्र पहल गरिदिन सरकारलाई विनम्र अनुरोध गर्दछौं ’, उनले भने। स्वास्थ्य परीक्षण गरेर मात्र स्वदेश फर्कने र  फर्किसकेपछि पनि स्वास्थ्य परीक्षण भएमा क्वारेन्टाइनमा बस्न तयार रहेको अध्यक्ष यादवले बताए।

 उच्च घनत्व भएका कारण बंगलादेश कोरोना भाइरसको उच्च जोखिमा रहेको यादवको दाबी छ।परीक्षण गर्नको लागि चाहिने मेडिकल उपकरण एवं टेष्ट किट पनि पर्याप्त मात्रा नभएकोले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सचेत गराउँदै आएको छ।यस्तो अवस्थामा नेपाली चिकित्सा विद्यार्थीले भोग्नु परेको मानसिक एवं पारिवारिक तनावको बारेमा ध्यानाकर्षण गराउन चाहेको उनले बताए।

 बंगलादेशमा एमबीबीएस, बीडीएस, एमडी/एमएसलगायत विभिन्न संकायमा करीब ८ सय विद्यार्थी अध्ययनरत रहेको नेपाली दूतावासले जनाएको छ।बंगलादेशमा हालसम्म एक सय २३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ।जसमध्ये १२ जनाको मृत्यु भएको वल्र्डओमीटरको तथ्यांकमा उल्लेख छ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.