कोरोना कहर : धमाधम राहत कोष स्थापना गर्दै स्थानीय तह

कोरोना कहर : धमाधम राहत कोष स्थापना गर्दै स्थानीय तह

बैतडी : एकैपटक सुदूरपश्चिमका तीनजनामा कोरोनाको संक्रमण भएपछि यहाँका स्थानीय तहले कोरोना भाइरससँग जुध्न धमाधम राहत कोष स्थापना गर्न थालेका छन् । विभिन्न शीर्षकका बजेट समेत कटौती गरेर पालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण राहत कोष स्थापना गर्न थालेका हुन् । जिल्लाको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले विपद् व्यवस्थापन कोष अन्तर्गत नै रहने गरेर राहत कोष स्थापना गरेको छ । 

कोषमा नगरपालिकाले विभिन्न शीर्षकबाट रकम तानेर १३ लाख कोषमा जमा गरेको छ भने कञ्चन डेभलपमेन्ट बैंकले उपलब्ध गराएको ३५ हजार पनि सोही कोषमा जमा गरेको छ ।नगरपालिकाले स्थापना गरेको कोषमा सहयोगका लागि सबैलाई अपील गरिएको नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताइन् । उनले भनिन्, 'नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि राहत कोष स्थापना गरेको छ । यसमा सहयोगका लागि सबैलाई आग्रह गरेका छौं ।'

जिल्लाको पाटन नगरपालिकाले पनि २० लाखको राहत कोष स्थापना गरेको छ । केही दिन अघि बसेको नगरकार्यपालिकाको बैठकले कोरोना भाईरस विरुद्धको अभियानमा जुट्नका लागि राहत कोषको स्थापना गरेको नगरप्रमुख केशवबहादुर चन्दले बताए । उनले भने, 'यो संकटका घडीमा कोरोना भाईरस विरुद्धका अभियानहरुलाई प्रभावकारी बनाउन हामीले राहत कोष स्थापना गरेका हौं ।'

यस्तै जिल्लाको सुर्नया गाउँपालिको पनि कोरोना नियन्त्रण तथा रोकथामका लागि २० लाखको राहत कोष स्थापना गरेको छ । मंगलबार बसेको गाउँकार्यपालिकाको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम अभियानलाई प्रभावकारी बनाउन र त्यसको महामारीबाट बच्न २० लाखको राहत कोष स्थापना गरेको गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिए । 

शिवनाथ र पञ्चेश्वर गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १०÷१० लाखको राहत कोष स्थापना गरेका छन् । ती कोषमा सहयोगका लागि सबैलाई आग्रह गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । उनले भने,'कोरोना भाईरसको सुदूरपश्चिम उच्च जोखिममा रहेकाले हामीले पनि पूर्वतयारी स्वरुप राहत कोष स्थापना गरेका हौं ।आवश्यक परेमा कोषमा अन्य शीर्षकबाट रकमान्तर गरेर पैसा थप्छौं ।'

जिल्लाको मेलौली नगरपालिकाले विपद् व्यवस्थापन कोषमा २० लाख बजेट रहेको र सोही कोषबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गरिने प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । यस्तै पुर्चौंडी नगरपालिकाले पनि विपद् व्यवस्थापन कोषकै रकम कोरोना नियन्त्रणका लागि खर्च गर्ने जनाएको छ । 

जिल्लाको सिगास गाउँपालिकाले १२ लाखको राहत कोष स्थापना गर्ने तयारी गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । उनले भने, 'हामीले राहत कोष स्थापनाका लागि छलफ गरिसकेका छौं । चैत २८ गते बस्ने कार्यपालिका बैठकबाट निर्णय पारित गर्छौ ।'

जिल्लाको दोगडाकेदार गाउँपालिकाले कोरोना नियन्त्रणका लागि २९ लाखको राहत कोष स्थापना गरेको छ भने डिलाशैनी गाउँपालिकाले पनि राहत कोष स्थापना गर्ने तयारी गरेको छ।गाउँकार्यपालिकाको बैठकबाट कोष स्थापना गर्ने निर्णय हुने डिलाशैनी गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तम नाथ योगीले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.