६० हजार वर्ष पुरानो काठमा कस्तो औषधि खोज्दैछन् वैज्ञानिक ?

६० हजार वर्ष पुरानो काठमा कस्तो औषधि खोज्दैछन् वैज्ञानिक ?

वासिंटन : ६० हजार वर्षअघि प्रागऐतिहासिक मानवहरु अफ्रिकाबाट बाहिरिन थालेपछि मेक्सिको खाडीको निकारमा खोला नजिकै जंगल बन्यो ।

जब रुखहरु बुढो हुन थाले, बिस्तारै ती रुख जमिनमै गड्न थाले । पछि समुद्री सतह बढ्न थालेपछि बिस्तारै उक्त जंगललाई समुद्रको भागले ढाकिदियो । अहिले वैज्ञानिकहरुले त्यही प्राचीन जंगल भेट्टाएका छन् । जहाँ उनीहरु मानव जीवन रक्षा गर्नसक्ने औषधि भेटिनसक्ने विश्वास गर्छन् ।

गत साता मात्रै उक्त जंगलबारे ‘नेश्नल ओसियनिक एन्ड एटमोस्फिेरिक एड्मिनिस्ट्रेशन’ले प्रकाशन गरेको आलेखले यस्तो दावी गरेको हो । उक्त लेख अनुसार २००४ को विशाल आँधीले उक्क्त मेक्सिकन समुद्री खाडीलाई धक्का दियो । र समुद्री सतह घटाइदियो । जसले गर्दा उक्त पुरानो जंगलको भाग भेटिएको हो ।

यसपछि बारम्बार वैज्ञानिक र फिल्म मेकरहरुले यस क्षेत्रमा अवलोकन गर्दैआएका छन् । गत डिसेम्बरमा जब ‘नर्थइस्टर्न युनिभर्सिटी’ र ‘युनिभर्सिटी अफ उटा’का वैज्ञानिकको टोली यस क्षेत्रमा पुग्यो तयसपछि यसबारे विस्तृत जानकारी सार्वजनिक भएको हो । रिपोर्ट अनुसार उनीहरु अध्ययनका लागि काठका टुक्रा संकलन गर्न पुगेका थिए ।

प्राध्यापक ब्रायन हेलमन्थ उक्क्त टोलीका एक अनुसन्धाता थिए । ‘यो वास्तवकै सुन्दर दिन थियो, तर पिँधमा पुग्नु भनेको दुधको चकलेटमा डुबे जस्तै थियो । हामी आफ्नै हात अनुहारअघि पनि देख्न सक्दैनथ्यौँ,’ हेलमन्थ भन्छन् ।

जब वैज्ञानिकहरुले उक्त जंगल भेट्टाए त्यसपछि दंग परेका थिए । यसलाई उनीहरुले अनौठो ठानेका छन् । वैज्ञानिकहरुका अनुसार ६० हजार वर्ष पुरानो भए पनि उक्त जंगलका काठ भने नयाँ र ताजा देखिन्थे । उचित तरिकाले संरक्षित गरिराखे जस्तो देखिने उनीहरु बताउँछन् ।

साथै वैज्ञानिकहरुले ती काठ ल्याबमा लगेपछि झनै उत्साही भएको बताउँछन् । ‘यसबाट कस्ता जीवले लाभ लिए, भिन्न किसिमका जनावर यहाँ गाडियो, कस्ता जनावर यसमाथि बसे यसबारे जानकारी लिन पायौँ,’ नर्थइस्टर्न युनिभर्सिटीका बरिष्ठ ल्याब व्यवस्थापक फ्रान्किस चोइले बताए ।

यस क्रममा ३ सय प्रकारका जनावर उक्त काठबाट हटाइएको उनीहरुले जनाएका छन् । वैज्ञानिकहरु खासगरी समुद्री गंड्यौला र त्यस्तै प्रकृतिका जनावरमा केन्द्रित थिए । जब कि, उनीहरु यसमा काठ जनावरको तन्तुमा रुपान्तरण भएको बारे अध्ययन गर्न सक्छन् ।

यस्ता गंड्यौला विज्ञानका लागि नयाँ त हैन । ती सामान्यतः अधिकांश समुद्रमा भएका काठमा भेटिन्छ । तर ६० हजार वर्ष पुरानो काठभित्र रहेका जुका तथा गँड्यौलामा पाइने ब्याक्टेरिया यसअघि कहिल्यै भेटिएको थिएन ।

(सिएनएनबाट)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.