५० जनाको स्वाब परीक्षणका लागि पठाइयो

५० जनाको स्वाब परीक्षणका लागि पठाइयो

रौतहट  : रौतहटको चन्द्रपुर ६ स्थित क्वारेन्टाइनमा रहेका ५४ जनामध्ये ५० जनाको स्वाब परीक्षणका लागि मंगलबार संकलन गरिएको छ । यसअघि क्वारेन्टाइनमा बसेका १७ जनाको परिक्षण गरिएको थियो । उनीहरुको रपिोर्ट नेगेटिभ आएको छ । 

जनकपुरबाट आएका स्वास्थ्यकर्मीहरूले क्वारेन्टाइनमा रहेका ५० जनाको स्वाबको नमुना संकलन गरेका क्वारेन्टाइनमा खटिएका चन्द्रनिगाहपुर अस्पतालका स्वास्थ्यकर्मी मातृका चालिसेले जानकारी दिए । संकलन गरिएको नमुना जनकपुरमा पहिलो चरण परीक्षण हुने र  त्यसपछि काठमाडौंमा पुन परीक्षण गरी रिर्पोट आउने बताइएको छ । ५० वटा मात्रै किट आएकाले चारजनाको पछि नमुना संकलन गरिने जनाइएको छ ।

चन्द्रपुर ६ मा रहेको महलिा फुटबल एकेडेमीको भवनमा चन्द्रपुर, बृन्दाबन, गुजरा र गढीमाई नपाका विदेशबाट आएका ५४ जना मानिसलाई राखिएको छ । एकसय जना राख्न मिल्ने  सो भवनमा दुईजना महिला र अन्य ५२ जना पुरुषलाई राखिएको छ ।

त्यहाँ बस्नेका लागि खानाको व्यवस्था क्याटरीङ्गमा गरिएको छ ।  वाइफाइ, खानेपानी, शौचालयको उचित व्यवस्था गरीएको  इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव चेतराज बरालले बताए। उनीहरूको स्वास्थ्यको रिर्पोट आएपछि थप केही दिन राख्ने वा घर पठाउने निर्णय गरिने समेत उनले बताए ।
क्वारेन्टाइनमा बस्नेहरु लाइ कुनै किसीमको असुबिधा हुन नदिने चन्द्रपुर नपाका मेयर रामचन्द्र चौधरीको भनाइ रहेको छ । क्वारेन्टाइन संचालनका लागि चारवटा नगरपालिकाले ५० लाख रकम छुट्याएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.