डोटीका क्‍वारेन्टाइनमा रहेकाको स्वाब संकलन सुरु

डोटीका क्‍वारेन्टाइनमा रहेकाको स्वाब संकलन सुरु

डोटी : डोटीका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिको थ्रोट स्वाब संकलन गर्ने कार्य बुधबारबाट सुरू भएको छ । जिल्लामा रहेका सबै क्वारेन्टाइनमा रहेका ३०५ जनाको स्वाब संकलन हुने प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए ।

देशमा लकडाउन सुरू भएपछि भारतबाट घर फर्केका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको थियो । जिल्लाका ६ स्थानमा गएर स्वाब संकलनको कार्य भइरहेको छ । जिल्ला अस्पताल, प्रदेश प्रहरी अस्पताल तथा अन्य अस्पतालका स्वास्थ्यकर्मीको टोलीले स्वाब संकलन गरिरहेका छन्। कीट तथा अन्य स्वास्थ्य सामग्री भने काठमाडौंबाट हेलिकोप्टरमार्फत ल्याइएको छ । 

बुधबार र बिहीबार स्वाब संकलन गरी काठमाडौं पठाइने र पठाएको दुई, तीन दिनभित्रै रिपोर्ट आइसक्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । दिपायल सिलगढी नगरपालिकाको राजपुरमा ४८ जना, शिखर नगरपालिकाको धुर्काटमा ४६ जना, शिखर नगरपालिकाकै बानेडुग्रीसैनमा ३० जनाको स्वाब संकलन हुने बताइएको छ । 

त्यसैगरी आदर्श गाउँपालिकाको मौवादहमा ७३ जना, बोगटान फुड्सिल गाउँपालिकाको खत्याडीमा ६७ जना र बडिकेदार गाउँपालिकाको बिपीनगरमा ४१ जनाकोपनि स्वाब संकलन हुनेछ । क्वारेन्टाइनमा बस्नेको संख्या चार सय २८ रहेपनि अहिले ३०५ जनाको मात्र स्वाब परीक्षण हुने भएको हो । कीट केही बढीनै भएका कारण स्वाब संकलन हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।

बाजुराका बिरामीको रिपोर्ट 'नेगेटिभ'

केही दिनदेखि जिल्ला अस्पतालमा रहेका आइसोलेसनमा रहेका दोस्रो व्यक्तिको थ्रोट स्वाबको रिपोर्ट पनि नेगटिभ आएको छ । कोरोनाको आशंकामा जिल्ला अस्पताल बाजुराले २३ गते एक जनालाई आइसोलेसन कक्षमा भर्ना गरेको थियो । 

२० वर्षीय ती युवकलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको ३ दिन पछि रिर्पोट निगेटिभ देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी चुडामणी पन्तले बताए  । आइसोलेसनमा भर्ना गरिएका युवकको अवस्था सामान्य रहेको र बुधबार उनलाई वार्डमा भर्ना गरेर भोली मात्र डिस्चार्ज गरिने जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.