करेन्ट लागेर मृत्यु
दाङ : दाङको विजौरीमा बिहीबार करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १९ बाँसगढी निवासी ३७ वर्षीय बलबहादुर थापा मगरको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
मगरले मध्यान्ह १२ बजेतिर तुलसीपुर १८ विजौरीस्थित मलवारले सिंचाई कुलोमा माछा मार्ने करेन्ट लगाउँदा त्यही करेन्ट लागेर गम्भीर अवस्थामा पुगेका थिए ।
मगरको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।