बैतडीमा क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन सुरु

बैतडीमा क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन सुरु

बैतडी : बैतडीमा कोरोना परीक्षणका लागि क्वारेन्टाइनमा बसेका नागरिकको थ्रोट स्वाब संकलन सुरु भएको छ। बिहीबार पुर्चौंडीको हाट, नकाली र गहताड तीन ठाउँमा टोली पुगेर स्वाब संकलन गरेको हो । यस्तै पञ्चेश्वर गाउँपालिकाको कुलाउमा क्वारेन्टाइनमा बसेका नागरिकहरुको थ्रोट स्वाबको नमूना संकलन कार्य सुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

बिहीबार चार ठाउँमा ३८१ जनाको थ्रोट स्वाबको नमूना संकलन गर्ने लक्ष्य रहेको छ । संकलन गरिएको थ्रोट स्वाबलाई बिहीबार नै काठमाडौं पठाइने छ । कोभिड १९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वाब संकलनका लागि टोली बैतडी आइपुगेको हो ।

'दुवै पालिकामा थ्रोट स्वाबको नमूना संकलन गर्ने कार्य भइरहेको छ । साँझसम्म कति जनाको भयो भन्ने रिपोट हुन्छ। थ्रोट स्वाब संकलन गरिएकाको स्वाब आजै काठमाडौं पठाइनेछ, 'स्वास्थ्य प्रमुख भट्टले भने, 'क्वारेन्टाइनमा बसेका नागरिकमा कोरोना भए नभएको परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन कार्य सुरु भएको हो ।'

कुलाउमा शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकामा क्वारेन्टाइनमा बसेका नागरिकहरुको थ्रोट स्वाबको नमूना संकलन भईरहेको भने पुर्चौंडी तीन ठाउँमा भने पुर्चौंडीका १० वटै वडामा क्वारेन्टाइनमा बसेका नागरिकहरुको थ्रोट स्वाब संकलन गरिएको हो । 

जिल्लाका अन्य स्थानीय तहमा क्वारेन्टाइनमा बसेका नागरिकहरुको पनि थ्रोट स्वाब दोश्रो चरणमा संकलन गरिने स्वास्थ्य प्रमुख भट्टले बताए । 'बाँकी रहेका स्थानीय तहका क्वारेन्टाइनमा बसेका नागरिकहरुको कहिले थ्रोट स्वाब संकलन गर्ने भन्ने बिषयमा साँझ सम्म टुंगो लाग्नेछ । सम्भवतः शुक्रबार नै थ्रोट स्वाबको नमूना संकलनका लागि हामीले तयारी गरिरहेका छौं ।'

बैतडीका विभिन्न ठाउँमा भारत तथा अन्य ठाउँबाट फर्केका ५१३ नागरिक क्वारेन्टाइनमा छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.