‘लकडाउन’मा सँगै रहेका बलिउड जोडी

‘लकडाउन’मा सँगै रहेका बलिउड जोडी

सुस्मिता–रोहमन


अभिनेत्री सुस्मिता सेन प्रेमी रोहमन सलसँग समय बिताइरहेकी छिन् । दुवै सँगै बसिरहेका छन् । हालै, सुस्मिताले रोहमनसँग योग गरिरहेको तस्बिर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी थिइन् । त्यसमा उनी आफ्नो ब्वाइफ्रेन्डसँग योगको कठिन अभ्यास गर्दै देखिएकी थिइन् । पोस्टमा उनले आफ्ना प्रशंसकलाई संक्रमणको अप्ठ्यारो समयमा हौसला राख्न अनुरोध गरेकी थिइन् । साथै, शारीरिक र मानसिक रूपले समस्याको सामना गर्न तयार हुनुपर्ने बताएकी थिइन् ।


ऋतिक–सुजेन


सम्बन्ध विच्छेदपछि टाढा बस्दै आएका ऋतिक रोशन र सुजेन खान लकडाउनमा नजिकिएका छन् । बन्दाबन्दीमा सुजेन ऋतिकको घरमा बस्न आएकी छिन् । यस जोडीका दुई छोरा छन् । उनीहरूका कारण ऋतिक र सुजेन सँगै बसेको बलिउडकर्मीको भनाइ छ । हालै, यस जोडीले छोराको जन्मदिन मनाएको छ । सम्बन्ध विच्छेद भए पनि ऋतिक र सुजेनले राम्रो साथीका रूपमा एकअर्कालाई साथ दिइरहेका छन् ।


रणवीर–आलिया


हिजोआज बलिउडमा ‘लभ बर्ड’ भनेर चिनिने रणवीर कपुर र आलिया भट्टको जोडी पनि लकडाउनमा सँगै रहेको छ । हालै उनीहरूको एउटा भिडियो भाइरल भएको छ । जसमा उनीहरू घरबाट बिहान कुकुरसँगै बाहिर निस्कन लागेका छन् । उक्त भिडियो एक फोटोग्राफरले इन्स्टाग्रमा सार्वजनिक गरेका हुन् । यसभन्दा अघि आलियाले इन्स्टाग्राममा फोटो राख्दै रणवीरलाई फोटो क्रेडिट दिएकी थिइन् । यसले उनीहरू लिभ–इन रिलेसनसिपमा रहेको धेरैले अनुमान लगाइरहेका छन् ।


अर्जुन–मलाइका


बलिउडमा अहिले चर्चित जोडीमा पर्छ, अभिनेत्री मलाइका अरोडा र अर्जुन कपुरको जोडी । लकडाउनका बेला उनीहरू पनि सँगै छन् । २१ दिने बन्दाबन्दीअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक दिनको जनता कफ्र्यू घोषणा गरेका थिए । बेलुका ५ बजे पाँच मिनेटका लागि सबैलाई आ–आफ्ना घरबाट घण्टी, शंख, ताली बजाएर कोराना संक्रमणविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्न अनुरोध गरेका थिए । त्यसै दिन पहिलो पटक उनीहरू लकडाउनमा सँगै देखिएका थिए । बन्दाबन्दीमा मलाइका घरको सरसफाइ र पाक्कलामा व्यस्त छिन् भने अर्जुनले बेला–बेलामा साथीभाइसँग भिडियो च्याट गरिरहेका तस्बिर पोस्ट गर्ने गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.