लकडाउनमा पनि मान्छे जम्‍मा हुन छाडेनन्

लकडाउनमा पनि मान्छे जम्‍मा हुन छाडेनन्

दाङ : कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्न गरिएको लकडाउन दाङका बजारमा प्रभावकारी भएको छैन्। लक डाउनको १८ दिनसम्म आइपुग्दा बजारमा मान्छेको बाक्लो उपस्थिति देखिएको छ। किनमेलको भीडभाड अत्यधिक छ। प्रशासनले हिँडडुल गर्न रोक लगाएको भए पनि  सकडमा मान्छेको चाप कम नहुँदा जोखिम बढेको छ। शुक्रबार दाङका प्राय: सबै बजार क्षेत्रमा मान्छे र व्यवसायीहरुको बाक्लै भिड देखिएको छ।

उपभोग्य सामानको आपूर्तिमा सहज होस् भन्दै लागि जिल्ला प्रशासन कार्यालयले सातामा ३ दिन बजार खोल्ने अनुमति दिएको थियो। तर त्यसको व्यवस्थापन राम्रो नहुँदा यो समस्या देखिएको हो। 'संक्रमणको प्रकोप अझै उस्तै छ तर पनि बजारमा भिड देखिनुले थप संक्रमणको सम्भावना बढाएको छ' स्थानीय वसन्त कुमार आचार्यले भने, 'यो अवस्थाले त झनै जोखिम बढाएको छ।' उनले बजार खोलेपछि प्रशासनले बलियो निगरानी गर्नुपर्ने र स्थानीय सरकारले दरिलो ब्यवस्थापन गरेर जोखिमको सम्भावना कम गराउनु पर्ने धारण राखे।

मानवीय आवात जावत मात्रै हैन, साना तथा मालबहाक सवारी साधनसमेत निर्वात रुपमा सञ्चालन भएका छन। बजारमा भिड बढ्दै जानु र नचिनेका मान्छेहरु पनि देखिनुले स्थानीयहरु आतंकित भएका छन्। स्थानीय सरकाले यसको उचित व्यवस्थापन गरेर आफना नागरिकको सुरक्षा गर्नुको साटो लथालिङ बनाउने मात्रै काम गरेको स्थानीयको आरोप छ। 

उपभोग्य वस्तुका लागि बजार खोले त्यसलाई व्यवस्थित तरिकाले खोल्नुपर्ने उनले बताए। जिल्ला प्रशासनले कार्यालयले सातामा ३ दिन आइतबार, मंगलबार र शुक्रबार बजार खोल्ने गरेको निर्णय गरेको छ। प्रदेश नं ५ का सार्वजनिक लेखा समिति सभापति डिल्ली बहादुर चौधरीले बजारलाई तत्काल व्यबस्थापन गर्नुपर्ने देखिएको बताए। 'यो छाडा भयो। यसलाई नियन्त्रण र व्यवस्थापन गर्नु पर्छ' उनले भने 'स्थानीय सरकार र स्थानीय प्रसासनले यसमा चासो दिनुपर्छ। यो भिड भाड गराएर जोखिम बढाउने मात्रै काम हो।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.