सागको भाउमा कुखुरा बेच्दै किसान

सागको भाउमा कुखुरा बेच्दै किसान

सप्तरी : लकडाउनो कारण दाना अभावले गर्दा सप्तरी जिल्लामा सञ्चालित पोल्ट्री फर्महरू धरासायी बन्न थालेका छन् । सवारी साधन नचलेका कारण दाना आपुर्ति हुन नसक्दा कुखुरा दुब्लाउँदै मर्न थालेका छन् । लाखौंको लगानीमा सञ्चालित फर्महरूमा विगत दुई साता यता दाना आएको छैन । दाना नै नपाएपछि कुखुरा तथा चल्लालाई गहुँ तथा चामल खुवाएर जेनतेन ज्यान जोगाउने गरेको रुपनी गाउँपालिका–४ का कुखुरापालक कृषक दिपेन्द्रप्रसाद यादवले बताए ।

दाना अभावले कुखुराको वजन बढ्नुको साटो घट्दै गएकोले तरकारीको भाउमा बेच्न थालिएको छ । ऋण लिएर कुखुरा व्यवसाय सुरु गरेका उनी लकडाउनले गर्दा लगानी समेत डुब्ने अवस्था आएको दुःखेसो गर्छन् । कुखुरा तथा चल्लाका लागि दाना ढुवानीको वैकल्पिक व्यवस्था मिलाइए कुखुरा तथा चल्लालाई राहत हुने उनको भनाइ छ ।‘उत्साहका साथ कुखुरापालन सुरु गरेको थिएँ, लामो लकडाउनले सबै वर्वाद भएको छ’, कुखुरापालक दिपेन्द्रले भने, ‘अहिले दानाको अभावमा कुखुराहरुको ज्यान जोगाउन मुस्किल छ, गहुँ र पानी खुवाएर कुखुरा सहज रुपमा बाँच्ने अवस्था छैन ।’ 
सरकारले कुखुरापालनमा लागेकालाई प्रोत्साहनस्वरूप राहतको व्यवस्थापन गरिदिए केही सहज हुने उनले बताए ।

यस्तै पीडा विष्णुपुर गाउँपालिका वडा नम्वर–१ का कुखुराव्यवसायी मनोज कुमार यादवको पनि छ । ‘एक त कुखुराको वजन दाना अभावले बढिरहेको छैन भने अर्कोतर्फ बिक्रीका लागि तयारी अवस्थामा रहेका कुखुरा दुब्लाउँदै छन्’, उनले थपे, ‘कोरोना भाइरसको त्रासका कारण  कुखुराको खाने  घटेकोले सागकै भाउमा बिक्री गर्नुपर्ने अवस्था छ ।’

सप्तरी जिल्लामा चार सयभन्दा बढी पोल्ट्री फार्म सञ्चालनमा छन् । कुखुरापालक कृषकको समस्याप्रति सम्वन्धित निकायले ध्यान नदिए कुखुरापालन धरासायी हुने निश्चत रहेकोले सरोकारवालालाई गम्भीरतापूर्वक लिन व्यवसायीको आग्रह छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.