'लकडाउन' मा थप कडाइ गर्दै दाङ प्रहरी

'लकडाउन' मा थप कडाइ गर्दै दाङ प्रहरी

दाङ : कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्न गरिएको 'लकडाउन' दाङका बजारमा प्रभावकारी नभएको पाइएपछि स्थानीय प्रशासनले थप कडाइ गर्न थालेको छ ।  लक डाउनको १९ दिनसम्म आइपुग्दा बजारमा मोन्छेको बाक्लो उपस्थिति देखिएपछि २० दिनदेखि कडा गराउन थालिएको हो । 

अति आवश्यक वस्तु किलमेलको बहानामा लकडाउन उलंघन भइरहेका र त्यसले जोखिम बढाउने सम्भावन बढे पनि स्थानीय प्रशासनले उलंघन गर्नेलाई नियन्त्रण लिनेदेखि बजार व्वस्थापन गर्ने अभियानमा कडाइ गरिएको हो । 

दाङका प्राय सबै बजार क्षेत्रमा मान्छे र व्यवसायीको बाकलै भीड देखिएको छ । उपभोग्य सामानको आपूर्तिमा सहज होस् भन्नका लागि जिल्ला प्रशासन कार्यालयले केही खुकुलो गरिदिएको भएपनि त्यसको उचित व्यवस्थापन नहुँदा समस्या हुँदै आएको थियो ।

त्यसको व्यवथापन राम्रो नहुँदा यो समस्या देखिएको स्थानीयले बताए छन्। प्रशासनले बलियो निगरानी गर्नुपर्ने र स्थानीय सरकारले उचित व्यवस्थापन गरेर जोखिमको सम्भावना कम गराउनु पर्ने स्थानीय आग्रह छ । 

लकडाउनको उलंघनका घटना बढे पनि स्थानीय प्रशासनले कडाइ गरेको हो । आइतबार बजार क्षेत्रमा बाक्लो रुपमा प्रहरीको गस्ती र उपस्थिति बढाइएको छ ।

प्रहरीले सकारी नीति उलंघन गर्नेलाई कारबाही समेत बढाउन थालेको प्रहरी निरीक्षक चक्र डमरपालले बताए । उनले उनले लगडाउन उलंघन भएर बजार अस्तव्यस्त भएपनि थप कडाइ गरिएको बताए । मानवीय आवात जावत मात्रै होइन, साना तथा मालबहाक सवारी साधन समेत निर्वात रुपमा सञ्चालन भएइरहेका छन्। बजारमा भीड बढ्दै जानुले सबैलाई समस्या ल्याएको प्रहरी निरीक्षक डमरपालले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.