महामारीमा मौलाउँदै कालोबजारी

महामारीमा मौलाउँदै कालोबजारी

गुलरिया : विश्वभरी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण लगायत उपचारका लागि गरिएको लकडाउनका बेला व्यवसायीले उपभोग्य सामाग्रीमा कृतिम अभाव श्रृजना गर्दै कालोबजारी गर्न थालेका छन् । स्थानीयहरुको अत्यावस्यक खाद्यान्न लगायतका उपभोग्य वस्तुहरूमा मनोमानी मूल्य वृद्धि गर्दै कालोबजारी गरिएको हो ।

    
कोभिड–१९ संक्रमण रोक्न लकडाउन भएका अवस्थामा प्रहरीले कालोबजारी गरेको आरोपमा बर्दियामा ५ जनालाई पक्राउ गरेको छ। लकडाउनको संकटपूर्ण अवस्थामा बर्दियाको बाँसगढी नगरपालिका-५ बजारमा अवस्थित वुद्ध मेडीकलमा संक्रमण रोक्न प्रयोग गरिने सेनिटाइजर प्रिन्ट मूल्यभन्दा तीनगुना बढीमा बिक्री गरेको भेटिएपछि मेडिकलका संचालक ३९ वर्षीय बुद्धि चौधरीलाई पक्राउ गरी प्रहरीले मुद्धा दर्ता गरेको छ । चौधरीले ४ सय ५९ रुपैयाँ प्रिन्ट मूल्य रहेको सेनिटाईजर १५ सय रुपैयाँमा ब्रिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
    
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले भने, 'विश्वब्यापी रूपमा फैलिरहेको भाइरस संक्रमण जोखिमको विषम परिस्थितिमा जनताले प्रयोग गर्ने अत्यावस्यक मेडिकल सामाग्री सेनिटाइजर बजार मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि मेडीकल संचालकलाई पक्राउ गरेका छौं । उनी उपर कालोबजारी मुद्धा दर्ता गरी गम्भीर अनुसन्धान भइरहेको छ ।' 
    
कोरोना महामारीकै अवस्थामा बढैयाताल गाउँपालिका वार्ड नम्वर ८ स्थित सितला बजारमा रहेको दामोदर शर्मा किराना एण्ड जनरल पसलमा चिनी र पिठो लगायतका खाद्यान्न सामाग्री बजार दररेटभन्दा बढीमा बिक्री गरेको बिलसमेत फेला पारेपछि किराना पसल संचालकलाई पक्राउ गर्यो । उनलाई कालो बजारी मुद्धा अन्तर्गत अनुसन्धान गरी कारवाही प्रकृया अघि बढाइएको प्रहरी उपरीक्षक बास्तोलाले बताए । कोरोना महामारीको विषम परिस्थितिमा संक्रमण रोकथाम, उपचार लगायत कालोबजारी नियन्त्रण गर्न सक्रियता बढाइएको उनको भनाइ छ । पक्राउ गर्दै कारवाही गर्न थालेपछि कालोवजारी नियन्त्रण भएको प्रहरीको दावी छ । 
    
मधुवन नगरपालिका वडा नम्वर ६ सानोश्री बजार स्थित अप्सरा ट्रेडर्सका संचालकले उपभोग्य वस्तु चिनी बजार दररेटभन्दा बढीमा बेचेको भेटेर प्रहरीले व्यवसायीलाई पक्राउ गरेको छ । व्यवसायी नारायण लम्साललाई कानूनबमोजिम नियन्त्रणमा लिइ मुद्धा दर्ता गरिएको प्रहरीले जानकारी दियो । 'कोरोना महामारीका कारण पक्राउ गरिएकालाई ४० देखि ५० हजार रुपैयाँ धरौटीमा रिहाइ गरिएको छ',  उनले थपे, 'महामारीको अवस्था सामान्य भएपछि सबैलाई थप कानूनी प्रकृयामा लैजान्छौँ ।'  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.