नेगेटिभ रिर्पोटपछि क्वारेन्टाइनमा बसेका ३२ जनालाई घर पठाइयो

नेगेटिभ रिर्पोटपछि क्वारेन्टाइनमा बसेका ३२ जनालाई घर पठाइयो

रौतहट : रौतहटको चन्द्रपुर ६ स्थित क्वारेन्टाइनमा रहेका ५८ जना मध्ये ४६ जनाको स्वाब परीक्षण गर्दा  रिर्पोट नेगेटिभ देखिएको छ। गएको मंगलबार ५० जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो। उनीहरुमध्ये एकजनाको पुन स्वाब संकलन गर्नुपर्ने भएको र तीनजनाको रिर्पोट आउन बाँकी रहेको छ ।

जनकपुरबाट आएका स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा रहेका ५० जनाको स्वाबको नमुना संकलन गरेको थियो। परीक्षण गर्दा रिर्पोट नेगेटिभ देखिएपछि आइतबार राति ३२ जनालाई घर पठाइएको छ । ८ जना चन्द्रपुर नगरपालिका र २५ जना गुजरा नगर पालिकाकालाई क्वारेन्टाइनबाट घर पठाइएको चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले जानकारी दिए ।

चन्द्रपुर, बृन्दाबन, गुजरा र गढीमाईका बिदेशबाट आएका ५८ जनालाई चन्द्रपुर ६ मा रहेको महिला फुटबल एकेडेमीको भवनमा राखिएको थियो। इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव चेतराज बरालले ३२ जनालाई घर पठाइएको र अन्यलाई १४ दिन नपुगेकाले क्वारेन्टाइनमै राखिएको बताए।

चन्द्रपुर–६ मा क्वारेन्टाइन सञ्चालनका लागि चारवटा नगरपालिकाले ५० लाख रकम छुट्याएका छन् ।

रौतहटमा आइतबारसम्म २४२ जना जिल्लाका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा बसेका छन । यसअघि रौतहटका क्वारेन्टाइनबाट ४६ जनालाई घर  पठाइएको छ ।
जिल्लामा २६ वटा क्वारेन्टाइन स्थापना गरीएको छ । जसमा ८३६ वेड रहेका छन । 

११७ जनाको स्वाब परीक्षणका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्लामा  २५ बेडको आइसोलेसन वार्ड स्थापना गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.