चन्दा उठाएर ६० परिवारलाई राहत

चन्दा उठाएर ६० परिवारलाई राहत

जाजरकोट : स्थानीयले चन्दा संकलन गरेर जाजरकोटको भेरी नगरपालिका १ का अतिविपन्न ६० घर परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । चन्दा संकलन गरेर जम्मा भएको ७६ हजार ६ सय रकम बाट राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको हो ।

लामो समयको लकडाउनका कारण छाक टार्न समस्या परेपछि चन्दा उठाएर खाद्यान्न सामग्री वितरण गरिएको स्थानीय धर्म विकले बताए । प्रति परिवार ३० किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुन प्रदान गरिएको हो । आफूहरु समस्यामा परेको बेला गरिएको खाद्य सहयोगले ठूलो राहत मिलेको स्थानीय प्रेमकला विकले बताइन ।

घरमा अन्नको गेडो थिएन । हातमा पैसा पनि छैन । केटाकेटी भोगले हैरान छन् । मेरो परिवार साह्रै समस्यामा थियो । कोही नहुनेको दैव हुन्छ भन्थ्ये । हो रहेछ।सहयोगीलाई उनले धन्यवाद दिँदै भनिन्, 'हामीलाई विपदको बेला सहयोग नर्गु भयो, तपाईको सधैं भलो होस्।'

केही दिनअघि गाउँलेको भेलाले समस्यामा परेका घर परिवारलाई खाद्यान्न सहयोगको लागि वडावासी बुद्धीजीवी, शिक्षक, कर्मचारी, व्यापारी, समाजसेवी, जनप्रतिनिधि सबैले स्वस्फूर्त रुपमा चन्दा संकलन गररे विपन्न घर परिवारलाई सहयोग गर्ने निर्णय गरेको थियो । 

स्वस्फूर्त रुपमा जम्मा भएको रकमबाट वडा नम्बर १ का रावतगाउँ, कोलचौर र पिपे टोलका विपन्न परिवारलाई खाद्य सहयोग गरिएको स्थानीय सज्जनराज विकले बताए। विपन्नको लगत संकलनमा ढिलाई हुँदा नगरपालिकाले राहत वितरण गर्न सकेको छैन ।

नगरपालिकाले विपन्नको लगत संकलनका लागि वडा कार्यालयलाई जिम्मा दिएपनि विवादका कारण लगत संकलन हुन सकेको छैन।लगत संकलकलाई वडा समितिका पदाधिकारी र नेताहरुले आफ्नो मान्छे पारिदिन दबाब दिन थालेपछि लगत संकलन हुन नसकेको हो।

नगरपालिकाले राहत दिन ढिलाई गरेपछि आफूहरुको पहलमा चन्दा संकलन गरेर हुनेले नहुनेलाई सहयोग गर्ने नीतिअनुरुप राहत बाँडिएको स्थानीय समाजसेवी सहदेव बस्नेतले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.