भारतीय तरकारी बेचेपछि बजार शिल

भारतीय तरकारी बेचेपछि बजार शिल

दाङ : दाङको तुलसीपुरमा रहेको तरकारी बजार शिल गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ मा रहेको तरकारी तथा फलफुल बजारमा भारतबाट ल्याइने तरकारी तथा फलफुलको अयात नरोकिएपछि स्थानीय सरकारले बजार नै शिल गरेको हो । 

मंगलबार बिहान गएको अनुगमन टोलीले भारतबाट अबैध रुपमा तरकारी तथा फलफुल नियमित रुपमा भित्रिइरहेको र त्यही तरकारी फलफुल बिक्रि वितरण भएको पाइएपछि बजार नै शिल गरिएको उपभोक्ता हित संरक्षण शाखा तुलसीपुरका प्रमुख रेवा रावतले बताइन् ।

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखा, तुलसीपुर उद्योग वाणिज्य संघ, प्रशासन, प्रहरी, उपभोक्ता अधिकार अनुसन्धान मञ्च दाङ, लगायतको संयुक्त अनुगमनबाट भारतबाट अवैध रूपमा भित्रिएको तरकारी र फलफुल बिक्रिमा रोकसमेत लगाइएको छ । भारतीय सामान खुलेआम ल्याउने मनोज फ्रुट सेन्टर र सापकोटा तरकारी पसलका सञ्चालकलाई नियन्त्रणमा लिएर कोरोना क्यारेन्टाइनमा पठाइएको छ । भने पसल पूर्णरूपमा शिल गरिएको छ । 

कोरोना संक्रमणको प्रकोप बढिरहेको समयमा भारतबाट कुनै पनि प्रक्रिया पूरा नगरेर गाडी ल्याउने गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावतले जानकारी दिए । उनले स्थानीय सरकारले सर्वपक्षीय भेला राखेर भारतबाट तरकारी ल्याउन बन्द गर्ने भन्ने निर्णय गरे पनि त्यसको अवज्ञा गरेकाले र सुरक्षा आवश्यक भएकोले सरकारी निर्णयमा संघ लागेको बताए । उनले अबैध र अनाधीकृत रुपमा आउने यस्ता सामग्री आयातमा रोक्नु पर्ने र आवश्यक परे कारवाहीसमेत गरिनु पर्ने बताए । उनले बजारमा भारतबाट आएको तरकारी र फलफुलका पसल शिल गर्नुपरेको बताए । 

उनले गाडी चालकबाट पनि संक्रमण हुने सम्भावनालाई मध्यनजर गरेर यस्तो कदम उठाइएको जानकारी दिए । 'हरेक दिन तरकारी बजारमा ५ वटासम्म भारतीय गाडीले तरकारी ल्याउने गरेको पाइएको छ । तरकारी जस्तो अत्यन्त संवेदशील कुरामा यस प्रकारको लापरवाही राम्रो होइन', अध्यक्ष रावतले भने, 'पहिलो चरणमा  तरकारी बजार ३ दिनसम्मका लागि बन्द गरिएको छ भने दुई पसल पूर्णरुपमा शिल गरिएको छ ।' रावतले स्थानीय वजारमा प्रसस्त तरकारी आउने भए पनि त्यसको बेवास्था गरेर अहिलेको अवस्थामा पनि भारतबाट तरकारी ल्याउन असुरक्षित भएको बताए ।

तरकारी तथा फलफुल बजारका अध्यक्ष यादव देवकोटाले समितिले केहि दिन अघि नै निर्णय गरेर भारतीय तरकारी र फलफुल यो अवस्थामा नबेच्ने निर्णय गरिसकेको भए पनि केहि व्यवसायीले अटेरी गरेको बताए । उनले अहिले यसलाई न्यूनीकरण गर्नतर्फ लागेको बताए । 

स्थानीय व्यवसायीहरुले भने आफूहरुले भारतीय समान ल्याइरहेका बताएका छन् । उनीहरुले स्थानीय उत्पादनले बजार आवश्यकता पूरा नगर्ने भएर नै भारतीय तरकारी र फुलफुल ल्याएको बताए । 

भारती तरकारी र फलफुल बिक्री गरेको भन्दै सापकोटा तरकारी पसल र मनोज फ्रुट हाउसका सञ्चालकलाई कारवाही गरिने भएको छ । सञ्चालक दुबैलाई संक्रमणको आशंकामा तुलसीपुरको क्वारेन्टाइनमा लगिएको जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए । यसैबीच भारतबाट अवैध ढंगले तरकारी ल्याउने गाडी चालक र बिक्रेतालाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनीहरुले तरकारी कसरी ल्याए भन्ने बारेमा अनुसन्धान भइरहेको उपभोक्ता हित संरक्षण शाखा अधिकृत रेवा रावतले जानकारी दिइन्  । वडा नम्वर ५ मा रहेको साझा बजारमा पनि अनुगमनका क्रममा भारतीय तरकारी प्रसस्त मात्रामा भेटिएपछि त्यहाँ पनि शिल गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.