जाजरकोटका गाउँ-गाउँमा कोरोनाको द्रुत परीक्षण सुरु

जाजरकोटका गाउँ-गाउँमा कोरोनाको द्रुत परीक्षण सुरु

जाजरकोट : भारत र खाडी मुलुकबाट हालै जिल्ला भित्रिएकालाई उनीहरुकै घरमा गएर द्रुत खोज परीक्षण (र्‍यापिड डाइग्जोस्टिक टेष्ट) गर्न थालिएको छ । कर्णाली प्रदेश सरकारको सहयोग र जाजरकोटका सात वटै स्थानीय तहको समन्वयमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटले र्‍यापिड टेष्ट किडमार्फत कोरोनाको संक्रमण भए नभएको पत्ता लगाउने छ । र्‍यापिड टेष्टमा कोरोना पोजिटिभ देखिए थप परीक्षणका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गरिने छ ।

 
एक साताभित्र जिल्लामा विदेशबाट आएका र संकास्पदको परीक्षण गर्ने गरी कार्यतालिका बनाएर मंगलबारबाट र्‍यापिड टेष्टको काम थालिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीले बताए । भेरीको पुन्मा, भुर र जगतिपुरमा मंगलवार परीक्षण हुँदैछ ।  विदेशबाट आएका र संकास्पदको घरमै स्वास्थ्यकर्मी पुगेर परीक्षण गर्नेछन् । तीनवटा टोली बनाएर कार्य थालिएको छ । 

टोलीमा एकजना चिकित्सक, एकजना ल्याव प्राविधिक र एकजना स्थानीय तहको स्वास्थ्यकर्मी रहने गरी टोली बनाएका छौं, प्रमुख जैसीले भने,' उनीहरुले मंगलबार तथा बुधबार भेरी, बिहीबार जुनिचाँदे तथा बारेकोट गाउँपालिका, शुक्रबार छेडागाड तथा नलगाड नगरपालिका र शनिबार शिवालय तथा कुशे गाउँपालिका बारेकोट गाउँपालिका परीक्षण गरिनेछ।'

भेरी नगरपालिकामा यस अघि १४ जनाको जाँच गर्दा सबैमा नेगेटिभ देखिएको थियो । पहिलो चरणमा जिल्लाका दुई सय ६० जनाको जाँच गरिने छ । थप अन्य शंका लागेमा पनि जाँच हुने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।परीक्षणका लागि प्रदेश सरकारले तीन सय र्‍यापिड टेष्ट किड पठाएको छ ।

लकडाउनको समयमा बाहिरबाट आएका र बाहिरी मानिसको सम्पर्कपछि क्वारेन्टाइनमा बसेकाको स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमै पुगेर स्वास्थ्य परीक्षण गर्ने छन् । आरडिटी किट आइपुगेपछि जाजरकोटमा स्वास्थ्य परीक्षणमा सहज भएको र परीक्षणको काम सबै स्थानीयका क्वारेन्टाइनमा गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आरडिटी गर्दा र्‍यापिड टेस्ट नेगेटिभ रिपोर्ट देखिएका व्यक्तिलाई घर पठाइने र पोजेटिभ देखिएकालाई क्वारेन्टाइनमै राखेर थप परीक्षण गरिनेछ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.