संक्रमित राखिएको क्वारेन्टाइनबाट परीक्षण नगरी ११ जना घर पठाइयो

संक्रमित राखिएको क्वारेन्टाइनबाट परीक्षण नगरी ११ जना घर पठाइयो

गौर : रौतहट स्थित कोरोना संक्रमित फेला परेको क्वारेन्टाइनबाट रोगको लक्षण नदेखिएको भन्दै ११ जनालाई परीक्षणबिना नै घर पठाएको छ ।  रौतहटको ईशनाथ नगरपालिका ३ औरैया स्थित जनता माबिमा रहेको क्वारेन्टाइनबाट कारोनोका लक्षण नदेखिएको भन्दै स्वाब परीक्षण नै नगरी चैत्र २७ गते ११ जनालाई घर पठाएको खुलासा भएको छ ।

सो नगरपालिकाका स्वास्थ्य शाखा फांटका संयोजक ईशराजुल खानले उनीहरुलाई १५ दिन क्वारेन्टाइनमा राखेर परीक्षणबिना घर पठाइएको बताए । भारतको कोलकताबाट आएर चैत्र १२ गतेदेखि क्वारेन्टाइनमा बसेका उनीहरुमा १५ दिनसम्म कोरोना संक्रमणको लक्षण नदेखीएपछि घर पठाइएको संयोजक खानको भनाइ छ ।

उनले भने, ‘त्यस समय परीक्षण गर्न जनकपुरबाट चिकित्सहरु पनि आएनन् , दुईसातासम्म कुनै लक्षण नदेखेपछि घर पठाएका हौँ ।’अहिले उनीहरुलाई स्वाब परीक्षण गर्न बोलाइएको उनले जानकारी दिए ।  भारतको कोलकत्ताबाट घर आएका उनीहरु क्वारेन्टाइनमा बसेका थिए । 

उनीहरु बसेको क्वारेन्टाइनमा रौतहटको इशनाथ नपा ५ मोतीपुरका १९ वर्षीय एक युवकलाई कोरोना संक्रमण देखिएपछि अहिले त्रास बढेको स्थानीयले बताएका छन् ।

ईशनाथ नगरपालियकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले जनकपुरबाट स्वास्थ्यकर्मीको टोली स्वाब संकलनका लागि समयमा नआएको उनीहरु चैत २८ गते मात्रै आइपुगेकाले २७ गते नै रौतहटका सिडिओ बासुदेब घिमिरेसँग समन्वय गरेर ११ जनालाई घर पठाइएको बताए ।

सिडिओ घिमिरले त्यही क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना संक्रमण देखापरेपछि सतर्क र सजग हुँदै त्यसबेला छाडिएका व्यक्तिहरुलाई र्‍यापिड किटबाट टेष्ट गरिन लागिएको जनाएका छन्।
 
हाल उक्त क्वारेन्टाइनमा ३० जना छन । चैत्र २८ गते २५ जनाको स्वाव परीक्षणका लागि संकलन गरेर लैजाँदै एकजना युवकमा सक्रमण देखिएको हो । उनलाई रौतहटमा आइसोलेसन कक्ष नभएकाले उपचारका लागि वीरगंज लगिएको छ ।

उनी भारतको राजधानी दिल्लीस्थित पहाडगंजको एउटा ब्याग कारखानामा काम गर्दै आएका थिए । भारतमा पनि लकडाउनका कारण कारखाना बन्द भएपछि चार जना युवक दिल्लीबाट घर फर्केका थिए । चैत १४ मा  दिल्लीबाट हिँडेका उनीहरू ट्रकमा आएका थिए ।  ट्रकले १६ गते बिहान मोतिहारीमा उतारेपछि त्यहाँबाट करीव ४० किलोमिटरको यात्रा पैदल हिँडेर राति दश बजे ईशनाथ नपाको मोतिपुर घर आइपुगेका थिए । 

उनीहरु मुलबाटो नभइ खेतको बाटो सिमाना पार गरेको बताइएको छ । ईशनाथको मोतीपुर टोल सिमाना नजिकै पर्छ । संक्रमित युवकसँगै आएका अन्य तीनजनाको रिपोर्ट निगेटिभ आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.