सप्तरीका दुई स्थानीय तह शिल
राजविराज : सप्तरीका दुई स्थानीय तह शिल गरिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)का क्रममा दुई जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाको खडक नगरपालिका र तिलाठी कोईलाडी गाउँपालिका शिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
दुवै स्थानीय तहमा आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए। ‘त्यहाँका मान्छे बाहिर निस्कन नपाउने र बाहिरका मान्छे भित्र पस्न नपाउने निर्णय भएको छ’, उनले भने, ‘तर, अत्यावश्यक अवस्था आए स्थानीय स्तरमा खटिएका सुरक्षाकर्मीको समन्वयमा आवश्यक निर्णय गर्न सकिने छ ।’
प्रतिक्रिया दिनुहोस !