बझाङमा आरडीटी किट अभाव
बझाङ : कोभिड -१९ विपद व्यवस्थापन सेन्टर बझाङले जिल्लामा मौजुदा र्यापिड डाइगोनोटिक्स टेष्ट किट अभाव भएपछि पाँच सय थान उपलव्ध गराउनु प्रदेश सरकारलाई माग गरेको छ । जिल्लामा बुधबार बसेको समितिको बैठकले जिल्लामा नयाँ मान्छे आएमा वा खाद्यान्न ढुवानीका गाडीमा काम गर्ने चालक सहचालकको स्वास्थ्य परीक्षण गर्न अनिवार्य किटको आवश्यक भएकाले यसको उपलब्ध गराउन सुदूरपश्चिम प्रदेश सरकारलाई माग गरेको हो ।
बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयास देखिएका समस्या र लकडाउन सम्बन्धमा पनि समीक्षा गरिएको थियो । लकडाउनलाई थप प्रभाकारी बनाउने सहमति भएको छ । साथै क्वारेन्टाइनमा बसेकालाई पनि थप एक साता घरमा होम क्वारेन्टाइममा बस्ने सहमति गरेर मात्र घर छोड्ने र्निणय भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए। उनले भने,र्यापिड डाइग्नोटिक्स टेष्ट किट जतिबेला पनि आवश्यक पर्ने भएकाले माग गरेका छौं।'
लामो समय लकडाउन हुँदा यसले गरिब निमुखा सीमान्तकृत ज्याला मजदुरी गरी खाने वर्गलाई खाद्यान्नमा समस्या परेको छ। खाद्यान्न ढुवानीका लागि उद्योग बाणिज्यसँग पनि समन्वयन गर्ने समितिले र्निणय गरेको छ। बैठकमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख जिल्ला समन्वय समिति प्रमुख र स्वास्थय कार्यालय प्रमुख रहेका थिए । बझाङमा हालसम्म कोरोना भाइरसको शंका गरिएकाहरुको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस !