बैतडीमा ६ सयजनाको कोरोना रिपोर्ट 'नेगेटिभ'

बैतडीमा ६ सयजनाको कोरोना रिपोर्ट 'नेगेटिभ'

बैतडी : बैतडीमा ६ सय जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भारत तथा अन्य ठाउँबाट भित्रिएर क्वारेन्टाइनमा बसेकाहरुको कोरोना चेकजाँच गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए  । गत चैत २८ गते थ्रोट स्वाब संकलन गरिएका ४२८ जनामध्ये ४१९ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको र बाँकी ९ जनाको पुनः परीक्षण गर्नुपर्ने देखिएको उनले बताए । 

यस्तै विभिन्न स्थानीय तहमा क्वारेन्टाइनमा बसेका १८१ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए । उनले भने, 'हामीले थ्रोट स्वाब संकलन नभएका ठाउँमा आरडीटी गरेर कोरोनाको चेकजाँच गरेका छौं । यो जाँचबाट सबैको रिपोर्ट नेगेटिभ आएको हो।'

जिल्ला अस्पताल बैतडीमा अहिलेसम्म २० जनाको कोरोना चेकजाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ भएको अस्पतालका प्रमुख डाक्टर बसन्तराज जोशीले जानकारी दिए  । जिल्लाको पुर्चौंडी नगरपालिका ३४३, शिवनाथ गाउँपालिकाका १२, मेलौली नगरपालिकाका ४ र पञ्चेश्वर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६६ जनाको थ्रोट स्वाब संकलन गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो । 'थ्रोट स्वाब संकलन गरिएका सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चेकजाँच गरिएको हो । त्यो रिपोर्ट अनुसार सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यो खुसीको कुरा हो,'स्वास्थ्य प्रमुख भट्टले भने।

यस्तै दशरथचन्द नगरपालिकाका २१, सुर्नया गाउँपालिकाका ४२, दोगडाकेदार गाउँपालिकाका २०, डिलाशैनी गाउँपालिकाका ५०, पाटन नगरपालिकाका ४ र सिगास गाउँपालिकाका २४ जनाको आरडीटी गर्दा सबै रिपोर्ट नेगेटिभ आएको हो । 

यस्तै अझै पनि १७७ जना जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसीरहेका र उनीहरुको १४ दिन पुगेपछि र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.