ब्ल्याक होल नजिकै नाचिरहेको अनौठो नयाँ तारा !

ब्ल्याक होल नजिकै नाचिरहेको अनौठो नयाँ तारा !

वासिंटन : आकाशगंगाको केन्द्रमा ब्ल्याक होललाई एउटा ताराले परिक्रमा गरिरहेकोबारे खगोलविद्हरुले पहिलो पटक अवलोकन गरेका छन् ।

जुन तारा अल्बर्ट आइन्स्टाइनले भविष्यवाणी गरेको सापेक्षतावादको सिद्धान्तको लयमा अनुरुप नाचिरहेको बताइएको छ । एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स जर्नलमा बिहीबार यसबारे वृहद अध्ययन प्रकाशित भएको छ । खगोलविद्हरुले चिलीको अटाकामा मरुभूमिबाट विशाल टेलिस्कोपको माध्यमबाट उक्त ताराको अवलोकन गरेका थिए । जसको कक्षको आकार सुनौलो धातु वा ब्याच जस्तो देखिने उनीहरुले बताएका छन् ।

आइज्याक न्युटनको गुरुत्वआकर्षणको सिद्धान्त अनुसार उक्त ताराको आकार अण्डाकार जस्तो देखिन्छ । तर यथार्थमा यो ‘रोसेट’ जस्तो भएको वैज्ञानिकहरु बताउँछन् । साथै आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त निकट रहेको बताइन्छ ।

यस अध्ययनका प्रमुख अध्येता रेनहार्ड गेन्जेलले भनेका छन्, यो प्रभाव सूर्यको चारैतिर बुध ग्रहको कक्षमा देखिएको सामान्य सापेक्षतावादको सिद्धान्तमा पहिलो प्रमाण हो । ब्ल्याक होललाई परिक्रमा गरेको यो सबैभन्दा नजिकको तारा भएको पनि बताइएको छ । साथै सूर्यभन्दा २६ हजार प्रकाश वर्ष टाढा रहेको वैज्ञानिकहरु बताउँछन् । उक्त तारालाई लिएर खगोलविद्हरुले थप अध्ययनको नयाँ अवसरको रुपमा लिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.