हावाहुरीले घर भत्किँदा चारजना सुरक्षाकर्मी घाइते, बालीनालीमा क्षति

हावाहुरीले घर भत्किँदा चारजना सुरक्षाकर्मी घाइते, बालीनालीमा क्षति

रौतहट : रौतहटमा  शुक्रबार राति आएको हावाहुरीले सशस्त्र प्रहरी बस्ने अस्थायी घर भत्किँदा चारजना सुरक्षाकर्मीलाई चोटपटक लागेको छ । उनीहरूको बंकुलमा उपचार भइरहेको प्रहरी निरिक्षक दिपनरसिंह राईले जानकारी दिएप्रहरी निरिक्षक दिपनरसिंह राईले जानकारी दिए ।

भारतीय सीमानासँगै रहेको बंकुल स्थित पोस्ट हावाहुरीले भत्काउँदा सशस्त्र प्रहरी हवल्दार जंगबहादुर दराई, प्रहरी जवानहरु धिरेन्द्र साह कलवार, विरेन्द्र साह कानु र प्रथलाल श्रेष्ठलाई चोटपटक लागेको पोष्टका इन्चार्ज प्रहरी निरीक्षक राईले बताए ।
 

उनका अनुसार अहिले घाइतेको अवस्था सामान्य रहेको छ ।

हावाहुरी र असिनाले चन्द्रपुर नपाको चन्द्रनिगाहपुर, बेतौना , बैजनाथपुर ,सन्तपुर ,अल्टोकी ,मरधर सिन्दुरेघारी नजरपुर ,चेतनगर , मरिनटोल लगायतका गाउँमा पनि धेरै क्षति गरेको नजरपुरका स्थानीय मदन सापकोटाले बताए ।

यस्तै चन्द्रपुर नपा ९ चेचनगरस्थित मुसहर बस्तीका झुपडीका छानाहरु उडाएकोले बिचल्ली भएको स्थानीय इन्दल माझीले बताएका छन् । हजारौँ  बिगाहमा लगाएको हाइब्रिड मकै असिनाले नष्ट गरेको छ । यस्तै दलहन र तरकारी बाली, आँप, केरा, लिच्ची फूलमा क्षति पुगेको छ ।
 
खपटा र टायलले छाएका घरका खपटा, टायल फुटेका छन् । जस्ता उडाएको छ । चन्द्रपुर ६ को नयाँबस्ती, नागिनटोलमा घरहरू भत्किएका छन्।  
चन्द्रपुर ६ को मोथीयाही टोलमा रहेको अधिकांश घरको खपटा उडाएको स्थानीय बलिराम चौधरीले जानकारी दिए । यस्तै सोही वडाको थोकर टोल, बेल्डी , झन्झनेटोल, गैरीगाउँ, जल्दामा खेतीबाली र घरमा क्षति गरेको स्थानीय युवा सहदेव केसीले जानकारी दिए।

रौतहटका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ । बिजुलीका पोल ढलेका छन । केही स्थानमा रुख भाँच्चिएर तार चुँडिएका छन् । इन्टरनेटका तार चुँडिएका छन् । मौलापुर नपा ५ का एकदर्जन बढी घरको छाना उडाएको छ । बौधीमाई नाको सरमुजुवाटोलमा ५० भन्दा बढी घर तथा गोठको छाना उडाएको स्थानीयले जनाएका छन् ।

हावाहुरी तथा असिनाले गहुबाली, मकै, फलफुलमा धेरै  क्षति भएको देवाहीगोनाही नपाकी उपमेयर परनिया देवी पटेलले जानकारी दिएकी छिन् । यस्तै नेकपाका जिल्ला इन्चार्ज युवराज भट्टराईले पिडित किसानलाई राहात उपलब्ध गराउन तथ्याङ्क संकलन गर्न स्थानीय प्रशासन तथा स्थानीय तहसँग आग्रह गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.