बैतडीमा पीसीआर प्रयोगशाला बन्ने
बैतडी : जिल्ला अस्पताल बैतडीमा कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि प्रयोगशाला स्थापना हुने भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पातल बैतडीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेसँगै विज्ञको टोली प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिष्ट डा.श्रवणकुमार मिश्र नेतृत्वको टोलीले जिल्ला अस्पातलमा पीसीआर ल्याब स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको हो।
‘अहिलेका लागि बैतडीमा पीसीआर ल्याब आवश्यक छ’, डा. मिश्रले भने, ‘कोरोना फैलिरहेको र धेरै मानिस भारतबाट पनि आउने गरेकाले ल्याब स्थापना भए सजिलो हुन्छ।’
जिल्लामा ५० शैय्याको अस्पताल बनिरहेको छ। त्यहाँ यो ल्याब स्थापना गर्न सके कोरोना परीक्षण मात्रै नभएर भविष्यमा अन्य जाँचका लागि समेत सजिलो हुने चित्सिकको विश्वास छ।
जिल्ला अस्पतालमा पीसीआर प्रयोगशाला सञ्चालनमा आएमा कोरोनाको मात्रै नभएर अन्य मलिकुल चेकजाँचका लागि समेत सजिलो हुने टोलीमा सहभागी डडेल्धुरा अस्पतालका ल्याब इन्चार्ज ईश्वरीप्रसाल भुषालले बताए।
जिल्ला अस्पतालमा ल्याब स्थापना हुने कुराले आफूहरुलाई उत्साहित बनाएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए।
प्रतिक्रिया दिनुहोस !