डोल्पाका पाँचजनाको आरडीटी रिपोर्ट नेगेटिभ

डोल्पा : डोल्पामा कोरोना भाइरस (कोभिड-१९) द्रुत परीक्षण सुरु भएको छ । गत बिहीबार जिल्लामा पुगेको किडबाट पहिलो पटक पाँचजनाको परीक्षण गर्दा नेगटिभ देखिएको छ । सेल्फ क्वारेन्टिनमा रहेका पाँचजनालाई पहिलो पटक कोरोना भाइरस आरडीटी विधिबाट परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।
रावलले भने,' हामीसँग १४० थान किड आएको छ ।सबै तयारी पूरा गरेका छौं।' भारत तथा अन्य मुलुकबाट आएकालाई पहिलो प्राथमिकतामा राखेको भए पनि तथ्यांक कसैले नदिएको रावलले दावी गरे ।
जिल्लाको जगदुल्ला गाउँपालिकाबाट द्रुत परीक्षण सुरु गर्ने भनेर डाक्टर मछिन्द्र बडुवालको नेतृत्वमा ४ जनाको टोली आइतबार नै सम्बन्धीत स्थानीय तहमा गएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।
टोलीले जगदुल्ला गाउँपालिकामा भएका भारतबाट आएका ६ जना र अन्य संकास्पद व्यक्तिलाई परीक्षण गर्ने र मुड्केचुला गाउँपालिकामा पनि परीक्षण गरेर जिल्लामा फर्किने प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
कोरोना आरडीटी परीक्षण किड १४० थान मलेरीयाको किड १२५ थान र रगत निकाल्न प्रयोग गरिने ल्यान सेट जिल्लामा पुगेको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए। जिल्लामा तीन हजारभन्दा धेरै मानिस भित्रिएको भएपनि कुन स्थानीय तहमा कतिजना विदेशबाट आए भन्ने तथ्यांक जिल्लामा छैन ।
भारतबाट आएका धेरैजसो माथिल्लो डोल्पामा गएका छन् । यतिबेला माथिल्लो डोल्पामा परीक्षण गर्न भने निकै कम सम्भावना छ। मुख्य कुरा त स्थानीय तहले रिपोट नै नदिएकाले पनि परीक्षणको काम अन्योलमा परेको हो । 'हामीले सबै स्थानीय तहमा भारत तथा अन्य मुलुकबाट आएकाको रिपोट मागेका छौं, तर दिएका छैनन्,' स्वास्थ्य प्रमुख डाक्ठर सिजन रावलले दु:ख व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस !
