रौतहटमा कुटपिटबाट युवाको हत्या

रौतहटमा कुटपिटबाट युवाको हत्या

रौतहट : रौतहटको कटहरिया नगरपालिका १ भसेडबा टोमा आइतबार राती एक युवाको कुटपिटबाट हत्या भएको छ । स्थानीय रामएकबालक रायको २५ वर्षिय छोरा सन्जिब रायको टोलकै केही व्यक्तिको कुटपिटबाट हत्या भएको हो।

संविज यादव एकजना साथीका साथ आइतबार राती  करीब ९ बजे घरभन्दा करीब एक किमी टाढा खोर भन्ने टोलमा गएका थिए । सोही स्थानमा एकजनाले केही काम छ भन्दै लालबर्कया नदी किनारमा लगेर कुटपिट गरेको बुझिएको छ।

पूर्व योजनाअनुसार उक्त स्थानमा पु‍ग्नासाथ पहिले नै सो स्थानमा रहेका ५÷७ जनाले यादव र सँगै गएका साथीलाई आक्रमण गरेका थिए । साथै गएका संजिवका साथी त्यहाँबाट भाग्न सफल भएका थिए । 

भागेका साथीले गाउँमा खबर गरेपछि गम्भीर अवस्थामा रहेका संजिवलाई उपचार गर्न लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा खोरटोलका २२ वर्षीय राधेश्याम दास पक्राउ गरेको र अन्यको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडामा डीएसपी ज्ञान कुमार महतोले जानकारी दिएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.