क्वारेन्टाइनमा बस्ने भोकभोकै

क्वारेन्टाइनमा बस्ने भोकभोकै

दैलेख : लकडाउनका कारण मकवानपुर, नुवाकोट लगायतका जिल्लामा विभिन्न आयोजनामा काम गर्ने दैलेखका मजदुर हिँडेरै गाउँ आएको खबर दैलेख प्रहरी र प्रशासनलाई आयो। उनीहरुलाई कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबईबाट उद्वार गरेर दैलेख ल्याइयो। दैलेखका विभिन्न स्थानीय तहका गरी २४ जनालाई ल्याइएको हो।

आएकामध्ये नारायण नगरपालिकाका –११ का मनोज मल्ल र हस्तबहादुर विकलाई आइतवार साँझै नारायण नगरपालिकास्थित नारायण क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा राखियो। तर, उनीहरु मध्यरातसम्म भोकै बसे। अन्य मजदुरलाई आ–आफ्नो स्थानीय तहले लिएर व्यवस्थापन गरिसकेको थिए। नारायण नगरपालिकाले साँझ चामल र ग्यास चुल्हो लिएर राखिदियो। तर, अन्य व्यवस्थापन गर्न नसक्दा अबेरसम्म भोकै बस्नुपरेको ती युवाले बताए।

राति नै क्याम्पस परिसरमा सञ्चालन भएको क्यान्टिनलाई आग्रह गरेर उनीहरुलाई खाना खुवाइएको दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले बताए। नारायण नगरपालिकाले सोमबार बिहानैदेखि उनीहरुको व्यवस्थापन गर्ने बताए पनि चासो नदेखाएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दैलेख परिसरमा निर्माण गरिएको क्वारेन्टाइनमा राखेर खाना र बस्न व्यवस्थापन गरिएको छ।

नारायण नगरका मेयर रत्नबहादुर खड्काले भने उनीहरुलाई कुनै पनि समस्या नपरेको बताउँछन्। ‘क्वारेन्टाइनमा बस्नेका लागि पनि मापदण्ड छ’, उनले भने, ‘क्वारेन्टाइनमा बसेर अनावश्यक माग गर्नु भएन नि ? ’ सोमबारदेखि नै क्वारेन्टाइन बसेकालाई खाना, खाजा व्यवस्थापनका लागि एकजना स्वयंसेवक खटाउने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.