भोकभोकै हिँडेका पैदल यात्री भन्छन् : सरकार शासक होइन, सेवक भएर काम गर

भोकभोकै हिँडेका पैदल यात्री भन्छन् : सरकार शासक होइन, सेवक भएर काम गर

दैलेख : लोहोरेखोला किनारको गर्मी, निस्पट अध्याँरो रात, मडारिएको कालो बादल, यस्तो लाग्थ्यो–आकास टाउकोमै खस्ला जस्तो । वैशाख आठ गते रातीको साढे ११ बजे । दैलेखको डुङ्गेश्वर गाउँपालिका स्थित चुप्रामा पैदल यात्रीको एउटा लस्कर देखियो । बालबालिका तन्नेरी र अधबैंसेहरु रहेको करिब ४५ जनाको यो लस्कर घर फर्कँदै गरेका मजदुरको थियो । हातमा रित्तिएका पानीका बोत्तल र चाउचाउको खोस्टा मात्रै थिए । केहिको काँधमा झोला थियो। उनीहरु तीन दिनदेखि भोकभोकै पहाडका जङ्गल, चट्टान, कहालीलाग्दो भीरपाखा पार गर्दै चुप्रा पुगेका थिए । 

जुम्लाबाट बर्दियाका जान हिँडेका ती मजदुरहरुलाई केही व्यक्तिले झ्याप्पै रोके । लायन्स क्लबमा आबद्ध एक व्यक्तिले सोधे, ‘तपाईहरु कहाँ हिँडेको ?’ काँधमा झोला खुट्टामा चप्पल, हाफ जाँघे लगाएका २५–३० वर्ष जतिका एक युवाले सुस्तरी भने, ‘हामी बर्दिया घर जान हिँडेको ।’ ‘तीन दिनदेखि भोकभोकै छौ, बाटोमा खाना खान पाउनु त परै जाओस्, धारामा पानी भर्नसमेत पाइँदैन्, पानी माग्दा उल्टो हर्काछन्, खोल्साखाल्सीको पानीले पेट भर्दै हिँडेका छौँ, जुम्लाको तिला हाइड्रोपावरमा काम गर्थ्यौँ बाटोमा धेरै दुःख पायौँ ।’

कारोना भाइरसको सन्त्रासका कारण सराकरले नेपालमा पनि गत चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । यथेष्ठ तयारी र ठोस योजना बिना गरिएको लकडाउनले सरकार र सरकार संरक्षित वर्ग त सुरक्षित छन्, तर लाखौँ ज्यालादारी मजदुरहरुलाई भोकभोकै मर्नुपर्ने मरिस्थिति आइपरेको छ । मजदुरीका लागि घर छाडेर विभिन्न जिल्ला पुगेका मानिसहरु पुःन घर फर्कन भोकभोकै हिँड्नु परेको छ । 

जुम्लादेखि भोकभोकै बर्दिया हिँडेका ती नागरिकहरुलाई लायन्स क्लब अफ दैलेखले खाना खुवाएको  छ । खाना खुवाएर केही समय विश्राम गरी उनीहरुलाई गन्तव्यतिर पठाइएको क्लबका नोडल अफिसर एवं उद्योग बाणिज्य संघ दैलेखका महासचिव राजेशकुमार हमालले बताए । पछिल्लो एक सातादेखि लकडाउनका कारण सुर्खेत देखि दैलेख हुँदै कालिकोट, जुम्ला, मुगु पुग्ने र कालिकोट, जुम्ला, मुगुबाट दैलेख हुँदै सुर्खेत बाँके नेपालगंज जाने पैदल यात्रीहरुलाई खाना खुवाउने गरिएको हमालले बताए । 

ती यात्रुहरुले दैलेखमा गरिएको यस्तो कार्यबाट सरकारले समेत पाठ सिक्नुपर्ने बताएका छन् । बर्दियाको राजापुर नगरपालिका–५ का सन्तबहादुर थारुले भने, ‘सरकारले साशक होइन सेवक भएर काम गर्नुपर्थ्यो, तर त्यो हुन सकेको छैन, लकडाउनमा हजारौँ मजदुरहरु अलपत्र छन्, ती सबैको उद्धार गर्नुपर्छ ।’ मजदुरहरुलाई खान, बस्न समस्या भएको उनले बताए । ‘केही हिँडेरै आफ्नो घर पुगेका छन् केही बाटोमा अलपत्र परेका छन्, सरकारले उनीहरुको उचित व्यवस्थापन गर्नुपर्छ,’ थारुले भने ।

लायन्स क्लब अफ दैलेखले दैलेख जिल्लाको बाटौ हुँदै ओहोर–दोहोर गर्ने पैदल यात्रीलाई खान व्यवस्थापन गरिरहेको छ । पछिल्लो तीन दिनमा १ सय जनालाई खान व्यवस्थापन गरिएको लायन्स क्लब अफ दैलेखका अध्यक्ष नरेन्द्र केसीले बताए । ‘खानको व्यवस्थापन डुङ्गेश्वर गाउँपालिका–२ चुप्रा  स्थित गैरीमा मिलाइएका छौँ,’ केसीले भने, ‘हामीले पैदल हिँडेका मजदुरहरुलाई खानको व्यवस्था गरेका हौँ, उनिहरुलाई गन्तव्यमा पुर्‍याउन आवश्यक पहलसमेत गरिरहेका छौँ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.