पैदल यात्रीलाई निशुल्क खाना र गन्तब्यसम्म यातायात

पैदल यात्रीलाई निशुल्क खाना र गन्तब्यसम्म यातायात

दाङ : लकडाउनका कारण गन्तब्यमा पुग्न नसकेर बाटोमै अलपत्र परेकालाई यहाँका विभिन्न संघ सस्था र व्यवसायीले सहयोग गरेका छन् । उनीहरुले बाटोमा अलपत्र परेका यात्रु र नागरिकहरुलाई निशुल्क खाना खुवाउने र गन्तब्यसम्म पुर्‍याउने काम गरेका हुन् । 

विगत केहि दिनदेखि तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा तुलसीपुरमा क्रियाशील युवाहरुका संघसस्था र यातायात व्यवसायीहरुले यस्तो मानवीय कार्यलाई अगाडि बढाएका छन् ।  

चैत ५ गतेदेखि हालसम्म १३ सय ६२ जनालाई भोजन, बास र यातायताका व्यवस्था गरिएको व्यवस्थापनको जिम्मा पाएका युवा व्यवसायी विनिल केसीले बताए । उनले सबैको समन्वय र परिचालनबाट व्यवस्थित रुपमा अलपत्र यात्रुको उद्दार र व्यवस्थापन गरिएको बताए । 

साविक राप्ती अञ्चलका जिल्लाहरुको मुख्य ट्रान्जिट रहेको दाङको तुलसीपुरको अवस्था देखेर मानवीय नाताले तुलसीपुर उद्योग वणिज्य संघको संयोजन र अगुवाईमा अलपत्र यात्रु र नागरिकहरुलाई गाँस बास र कपासको व्यवस्था गरिएको तलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले बताए । उनले यसमा स्थानीय सरकारले विशेष रुपमा चासो दिनु पर्ने बताए । व्यवसायीहरुले मानवीय नाताले यो कार्य गरिरहेको उनको भनाइ छ । 
 
निशुल्क रुपमा खाना, बस्न र घरसम्म पुग्ने व्यवस्था भएर यात्रु खुसी भएका छन् । उनीहरुले बाटोको भोको यात्रालाई तुलसीपुले अन्त्य गरिदिएको बताएका छन् । रुकुमका धनबहादुर परियारले आफू निर्माण श्रमिक भएको र धादिङमा अलपत्र भएपछि उद्दार भएर दाङसम्म आएको बताए । उनले आफूहरु एउटै गाउँका १३ जना रहेको बताए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.