जाजरकोटमा ३१० जनाको कोरोना रिपोर्ट नेगेटिभ

जाजरकोटमा ३१० जनाको कोरोना रिपोर्ट नेगेटिभ

जाजरकोट : जिल्लामा हालसम्म कोरोना भाइस संक्रमण देखिएको छैन। लकडाउनको समयमा  भारत तथा अन्य तेस्रो मुलुकबाट जिल्लामा आएका ३ सय १० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका  निमित्त व्यवस्थापक टीकाराम जैसीले बताए । 

उनले लकडाउन अवधिमा जिल्ला भित्रिएका सबैलाई स्थानीय तह, कर्णाली प्रदेश सरकार र आफ्नो कार्यालयको सहयकार्यमा द्रुत परीक्षण (आरडीटी) प्रविधिबाट २ सय ९६ जनाको र १४ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको बताए ।

उनका अनुसार कोरोनाको संक्रमण परीक्षण गरिएका ३ सय १० जनामध्ये भेरी नगरपालिकामा ७० जनाको आरडीटी र १४ जनाको पीसीआर जाँच गरिएको र अन्य सबै स्थानीय तहमा आरडीटी प्रविधिबाट कोरोना संक्रमणको परीक्षण गरिएको छ ।

निमित्त व्यवस्थापक जैसीका अनुसार वारेकोट गाउँपालिकामा ५५ जना, कुशे गाउँपालिकामा २२ जना, जुनीचाँदे गाउँपालिकामा  ६१ जना, नलगाड नगरपालिकामा  ४३ जना, शिवालय गाउँपालिकामा २४ जना र छेडागाड नगरपालिकामा  २४ जनाको आरडीटी प्रविधिबाट कोरोना संक्रमणको परीक्षण  गरिएको थियो । 

परीक्षणबाट सबैमा कोरोनाको संक्रमण नभएको पाइएको छ । जाजरकोट अस्पतालमा कार्यरत डाक्टरले सातै स्थानीय तहमा  देश बाहिरबाट भित्रिएकाको कोरोना संक्रमणको जाँच गरेका थिए। 

यस्तै अहिले भारतलगायतका तेस्रो मुलकबाट आएकामध्ये वारेकोटमा १४ जना र  नलगाडमा  ११ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक जैसीले जानकारी दिए ।

तर लकडाउनकै अवधीमा मंगलबार र बुधबार काठमाडौंबाट १० गाडीबाट मानिस जिल्ला भित्रिएका छन् । अलपत्र परेको भन्दै नेताहरुले अनुमति पास गराइ दिएपछि गाडीमा ठेलमठेल गरेर अलपत्र परेका विद्यार्थी,मजदुर कर्मचारीलगायतका मानिस जिल्ला भित्रिएका हुन्। 

अहिलेसम्म जिल्लाको अवस्था सामान्य रहेको भएपनि दुई दिनदेखि जिल्लामा हजार बढी मानिस एकै साथ भित्रिएकाले यसले  चुनौति बढाएको निमित्त व्यवस्थापक जैसीले बताए । 

उनले को कताबाट कसको सम्पर्कमा रहेर आएका हुन् उनीहरु जिल्लामा भित्रिएर समाजमा मिसिएमा संक्रमणको जोखिम धेरै हुने बताए । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ठूलो संख्यामा मानिस एकै पटक जिल्लामा भित्रिनु लकडाउनको नियम विपरित भएपनि जिल्लाको सीमानामा अलपत्र परेकालाई घर पुर्‍याउनै पर्ने वाध्यता रहेको बताए । 

उनले सांसदको  आग्रह र सर्वसाधारणको वाध्यतालाई मध्यनजर गरेर जिल्ला भित्रिन पाएका सर्वसाधारणलाई स्थानीय सरकारले उचित निगरानी र व्यवस्थापन गर्नुपर्ने बताए। तर जिल्ला भित्रिएका क्वारेन्टाइनमा नबस्दा जोखिम बढेको स्थानीयको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.