लकडाउनमा अतिक्रमणको चपेटामा माहाभारत र चुरेक्षेत्र

लकडाउनमा अतिक्रमणको चपेटामा माहाभारत र चुरेक्षेत्र

डडेल्धुरा : लकडाउनको समयमा डडेल्धुरा जिल्लाका महाभारत तथा चुरे क्षेत्रका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा अतिक्रमणको चपेटामा परेको छ । कोभिड १९का कारण भएको लकडाउनका कारण वन कर्मचारी तथा सामुदायिक वनका पदाधिकारीलाई छल्दै जिल्लाका दर्जनौ स्थानमा वन अतिक्रमण भइरहेको छ । 

डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै रहेको त्रिपुरा सामुदायिक वनको तडिपाटा क्षेत्रमा लकडाउनको समयमा वन अतिक्रमण बढेको छ । यहाँको वन क्षेत्रमा फडानी गरी अतिक्रमण बढाएको स्थानीय तिलक भट्टले बताए । लकडाउनको मौका छोपी जंगल फडानी गरेर अतिक्रमण भैरहेको भट्टको भनाइ छ । 

वन अतिक्रमण गरिएको बारेमा सामुदायिक वनका पदाधिकारीलाई जानकारी गरिएको र पटकपटक वन कार्यालयलाई समेत जानकारी गराउँदा पनि वास्ता  नगरेको त्रिपुरा सामुदायिक वनको तडिपाटा उपभोक्ता महादेव भट्टको आरोप छ । विगतका वर्षमा अतिक्रमण हुने गरेको भएपनि यो अवधिमा भने अतिक्रमण बढेको उपभोक्ताले जनाए ।

वनक्षेत्र अतिक्रमणका विषयमा वन डिभिजन कार्यालय डडेल्धुरालाई पटक पटक जानकारी गराउदा पनि कुनै पहल नभएको त्रिपुरा सामुदायिक वनको तडिपाटाका अध्यक्ष पुस्पराज जोशीले बताए । जोशीले भने, 'अतिक्रमणका विषयमा वन डिभिजन कार्यालयलाई पत्राचार गरी अतिक्रमण हटाउन पटक पटक आग्रह गरिएको हो ।'

लकडाउनका कारण योजनाअनुसार काम गर्न नसकिएको वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त प्रमुख सरिता लामाले बताए । जनशक्ति अभाव र कलडाउनले गर्दा अतिक्रमणकारीलाइृ कार्वाही गर्न नसकिएको वनडिभिजन कार्यालयले जनायो । निमित्त प्रमुख लामाका अनुसार तुरुन्तै एक्सनमा जान मातहतका सबै कार्यालयलाई पत्राचार गरिएको जनाइएको छ ।

संवेदनशिल क्षेत्रका रुपमा रहेको चुरेक्षेत्र र महाभारत वनक्षेत्रमा दिनानुदिन बढ्दै गएको अतिक्रमण रोक्न सकिएन् भने यहाँका जैविक विविधता माथी नै असर पुग्ने निश्चित छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.