कोरोना प्रभाव : निकुञ्‍ज र मध्यवर्ती क्षेत्रमा पनि यार्सागुम्बा संकलनमा रोक

कोरोना प्रभाव : निकुञ्‍ज र मध्यवर्ती क्षेत्रमा पनि  यार्सागुम्बा संकलनमा रोक

डोल्पा : डोल्पामा पहिलो पटक यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । करिब २० वर्षभन्दा अघिदेखि संकलन गरिँदै आएको यार्सागुम्बा यो वर्ष भने टिप्न नपाइने भएको हो। कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि भन्दै शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले आधिकारिक निर्णय र सूचना जारी गर्दै यार्सागुम्बा संकलनमा रोक लगाएको हो। 

यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका २०७३ बमोजिम संकलन आदेश दिने गरिएको भएपनि यो वर्ष कोरोना भाइरसको जोखिम र सरकारले गरेको लकडाउनको पालना गर्दै निकुञ्ज र मध्यवर्ती क्षेत्रका वनमा यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कायम मुकायम संरक्षण अधिकृत सारोजमणि पौडेलले जानकारी दिए । 

यार्सा संकलनका लागि अनुमिति दिँदा दशौँ हजार मानिस एकै पटक जिल्लामा आएर पाटनमा जाने हुँदा भाइरसको जोखिम बढ्ने संभावना भएपछि जिल्ला विपत व्यवस्थापनको निर्णयअनुसार निकुञ्जले पनि रोक लगाए हो।

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा १७ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको निर्णयमा भनिएको छ - 'तत्‍काल पहिचान भएका दश नाकामा सुरक्षाकर्मी र कर्मचारी परिचलान गर्ने र सबै क्षेत्रमा मध्यवर्ती,सामुदायिक वन,चोरीशिकारी यूनिटलगायत स्थानीय सरकारले समेत सहयोग गर्ने निर्या गरेको छ। '

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका पाटनमा यार्सागुम्बा संकलन गर्न आएको भेटिएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कानुनी कारवाही हुने संरक्षण अधिकृत पौडेलले जानकारी दिए । 

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तरगतको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आफ्नो क्षेत्रका दश नाका सिल गरी सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । जगदुल्ला नाका,त्रिपूरा सुन्दरी नाका,धो नाका,सुम्दुहा नाका,रिग्मो नाका,रह नाका र मुगुको डोल्फु नाका सिल गरी सुरक्षाकर्मी राख्ने भएको छ। 

जिल्ला विपत व्यवस्थापन समितिका कोरोना भाइरस कोभिड-१९का कारण देश नै लकडाउन रहेको अवस्थामा जिल्लामा पाइने बहुमुल्य जडिबुटि यार्सागुम्बा संकलनले झनै ठूलो बिपत्ती ल्याउने संभावना भएपछि रोक लगाइएको हो।

जिल्लामा यार्सागुम्बा पाउने वनको करिब ७० प्रतिशत क्षेत्र शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा पर्दछ । निकुञ्ज क्षेत्रमा मात्रै हरेक वर्ष सरदर १० हजार भन्दा धेरै मानिस यार्सागुम्बा संकलनमा जाने गर्दछन् ।छिमेकी जिल्ला रुकुम,जाजरकोट,सल्यान,सुर्खेत,जुम्लाबाट हरेक वर्ष यार्सागुम्बा टिप्न आउने  गर्छन्। संकलनमा रोक लगाएपछि आम्दानीको मुख्य स्रोत यार्सागुम्बा भएका परिवार भने प्रभावित हुने भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.