कुखुरा फर्ममा क्‍वारेन्टाइन !

कुखुरा फर्ममा क्‍वारेन्टाइन !

डोल्पा : डोल्पाको एक स्थानीय तहले कुखुराको खोरमा क्वारेन्टाइन बनाएको छ । जिल्लाको मुड्केचुला गाउँपालिकाले कुखुराको खोरमा क्वारेन्टाइन बनाएर मानिस राख्ने गरेको हो ।  रुकुम,जाजरकोट र डोल्पाको सीमानामा पर्ने त्रिबेणी भन्ने ठाउँमा कुखुरा पालन गर्दै आएको फर्ममा क्वारेन्टाइन निर्माण गरेर जिल्ला बाहिरबाट आउने नागरिकलाई राखेको भेटिएको छ । 

कुखुराको खोरमा बेड छैनन।कपडा पनि छैनन। घाँस बिछयाएर त्यहीमाथि कार्पेट राखिएको छ। त्यही ठा‍उँमा मुड्केचुलाका दुई दर्जन भन्दा धेरै विद्यार्थी र अन्य नागरिक राखिएको छ। गाउँपालिकामा क्वारेन्टाइन निर्माण भएका छन् ।तर कुनैपनि क्वारेन्टाइन मापदण्ड भित्रका नभएको स्थानीयको आरोप छ । हरेक दिन काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायत विभिन्न सहरबाट विद्यार्थी र अन्य नागरिक आउने गर्दछन् तर क्वारेन्टिन नै कुखुराको खोरमा किन राखियो राज शाहीले आक्रोस पोखे। 

त्रिबेणी भन्ने ठाउँमा एक स्थानीयले कुखुरा पालन गरिरहेको फर्ममा कुखुरा हटाएर स्थानीय सरकारले क्वारेन्टाइन बनाएको हो । बेड विस्तार छैन। खान पनि राम्रो छैन। कि घर जान देउ कि त व्यवस्थापन गर भन्दै विद्यार्थी अनुरोध गरिरहेका छन्। 

केही सामन क्वारेन्टाइनकै लागि भनेर ल्याएको तर कम्जोर खालको भएको वडा नम्बर १ का अध्यक्ष भानुभक्त बोहोराले बताए ।उनले भने,' मुड्केचुलाको सबै नाकामा निकै कडाइ गरिएको छ ।जगदुल्ला जाने नागरिकका लागि इलमा हेल्पडेक्स राखेका छ।  

गाउँपालिकाले नागरिकलाइ जो जहाँ छ त्यही बस्नु र सबैको खातामा तीन हजारको दरले राहात नगद प्रदान गर्ने निर्णय गरेको थियो ।  सोहिअनुसार १३६ जनालाई खातामा तीन हजार पठाएको र बाँकी फेरी पाँच हजार पुर्‍र्याउने निर्णय भएको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । 

अध्यक्ष शाहीले भने,' हामी बनाउँदैछौं ।अन्य स्थानीय तहले नागरिक ल्याउँदा हाम्रा पनि आए। अब राम्रो हुन्छ ।' त्रिबेणीमा रहेको मु्डेकेचुला गाउँपालिकाको क्वारेन्टाइन मापदण्डविपरित  रहेको र नागरिक झनै असुरक्षित रहेको आरडिटी परीक्षणका लागि मुड्केचुला पुगेको चिकित्सकको टोलीले जानकारी दिएको छ। उनीहरु भन्छन्,' क्वारेन्टाइनमा कोही बस्दैन । बस्न मिल्ने पनि छैन सबै जोखिममा छन्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.