लकडाउन प्रभाव : दोलखामा बर्दियाका १४७ जना मजदुर अलपत्र

लकडाउन प्रभाव : दोलखामा बर्दियाका १४७ जना मजदुर अलपत्र

गुलरिया : दोलखाको विगु गाउँपालिका १ स्थित सिमो हाइड्रो कर्पोरेसन लिमिटेड अन्र्तगत निर्माणाधिन अपर तामाकोशी प्रोजेक्टमा कार्यरत बर्दियाका कामदार अलपत्र परेका छन्। घर फर्किन खोजेका कामदार कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण र उपचारका लागि गरिएको लकडाउनका कारण उतै रोकिएका हुन्। यातायात नचलेपछि १ सय ४७ जना बर्दियाका कामदार अलपत्र परेका हुन् ।

माथिल्लो तामाकोशी प्रोजेक्टमा बर्दियाको राजापुर, ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका १ सय ४७ जना कामदार काम गर्दै आइरहेको प्रोजेक्टमा कार्यरत इन्जिनियर बुद्धिप्रसाद थारुले बताए । 'लकडाउन लम्बिँदै जाँदा सबै कामदार घर फर्किन खोजेका छौं । कुनै पनि यातायात नचल्दा समस्या भएको छ,' उनले भने,' दोलखाको नाराबगर, आर्मी क्याम्प र नयाँ बाटो गरी ३ बटा क्याम्पमा कामदारहरु बस्दै आएका छौं।'

प्रोजेक्टमा सप्तरी, सुनसरी, बाग्लुङ, बर्दिया गरी करिब साढे ३ सय भन्दा बढी कामदारले काम गर्दै आइरहेको उनको भनाई छ । लकडाउनकै अवस्थामा पनि आयोजनाको काम भइरहेको थियो । चैत्र २४ गते एक्‍कासी काम बन्द भएपछि कामदारले घरजान माग गरेका थिए । 

उनले थपे कम्पनीमा छलफलपछि विदा नगर्ने निर्णय भयो । पुनः संचालनमा रहेको कम्पनीका कामदार घरजान खोजेपछि शनिबारदेखि कम्पनीको काम बन्द भएको थारुले बताए । कामदार घर जान खोजेपछि आयोजना निर्माणको कार्य रोकिएको छ ।

कम्पनीले कामदारलाई घर पठाउने व्यवस्थाका लागि प्रयास गरेपनि दोलखा जिल्लाबाट कुनै अनुमति नदिँइदा आफूहरु अलपत्र परेको बताए । कम्पनीका मेनेजरले कम्पनीका तर्फबाट कामदारलाई घर जाने खर्च दिने तर त्यसको व्यवस्थापन  कामदारले आफै गर्नुपर्ने आदेश दिएको थारुको भनाई छ । कामका लागि अन्य जिल्ला पुगेका बर्दियाका धेरै कामदारले लकडाउनका बेला धेरै दुःख झेल्नु परेको छ । 

सरकारले सोमबारदेखि अत्यावश्यक सेवावाहेक सवारी बोक्ने यातायातका साधन नचलाउन भन्दै गृहमन्त्रालयले विज्ञप्ती जारी गरेसँगै जिल्ला भित्रिने क्रम रोकिएको छ । 

महामारीका अवस्थामा अलपत्र कामदारका परिवारले आफ्ना मानिसलाई सहज रुपमा घर ल्याइदिन सरकारसँग अनुरोध गरेका छन् । लकडाउन लम्बिँदै गएकाले महामारीको अवस्था अन्यौल छ । बर्दियाका कामदार दोलखाबाट हिँडेर आउने तर्खरमा रहेकाले समयमै उनीहरुको उद्धार गर्न आयोजनामा कार्यरत इन्जिनियरका आफन्त बर्दियाको गेरुवागाउँपालिका जनकनगर निवासी खुमानन्द चौधरीले बताए ।हाइड्रोमा कार्यरत कामदार खेती किसानी गर्ने भएकाले पनि लकडाउन लम्बिए खेतिपाती बिग्रिने डरले फर्किन चाहन्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.