रौतहटका दुई जनालाई कोरोना संक्रमण

रौतहटका दुई जनालाई कोरोना संक्रमण

रौतहट : रौतहटको बृन्दाबन र देवाही गोनाही नगरपालिका बस्ने २ जनामा कोरोना संक्रमित भेटिएको छ। वृन्दावन नगरपालिका-९ भुषाहटोलका २५ वर्षीय युवक र  देवाही गोनाही १ करुनिया टोलका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

जिल्ला जनस्वास्थ्य प्रमुख महेश साहले शुरुमा दुई जनालाई संक्रमण देखिएको जानकारी दिए पनि पछि उनले जिल्ला प्रशासन कार्यालयबाट पुष्टि गर्न संचारकर्मीहरुलाई आग्रह गरेका छन्। रौतहटका प्रमुख जिल्‍ला अधिकारी बासुदेव घिमिरेले सञ्चारकर्मीले बिषय बुझी दिन आग्रह गरे।

बृन्दाबन ९ का बिरामी रौतहटको चन्द्रपुर नगरपालिका-६ स्थित क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्काइएको थियो। उनी कतकत्ता बाट घर आएका थिए। जनकपुरको ल्याबमा परिक्षण गर्दा नेगेटिभ आए पनि उनी वैशाख ६ गते घर गएका थिए। देवाही गोनाहीका संक्रमित पुरुष भने क्वारेन्टाइनमै बस्दै आएका थिए। उनी दिल्लीबाट वैशाख ४ गते घर आएका थिए।

योसँगै देशभर कोभिड १९ का संक्रमितको संख्या ५४ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.